गदर–२ को नजर ५०० करोड क्लबतिर « Khabarhub

गदर–२ को नजर ५०० करोड क्लबतिर


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- गदर–२ ले अब ५०० करोड क्लबमा आफ्नो नजर राखेको छ । फिल्मको कुल कलेक्सन ४८२.४५ करोड भारतीय रुपैयाँ पुगेको छ । फिल्मले बिहीबार ८.१० करोड कमाएको छ । चलचित्र रिलिज भएको तीन साता बितिसक्दा पनि कमाईमा कमी आएको छैन ।

अर्कोतर्फ आयुष्मान खुरानाको फिल्म ड्रीम गर्ल–२ को कमाई पनि राम्रो छ । बिहीबार फिल्मले ७.५० करोड कमाएको थियो । यस हिसाबले फिल्मले पहिलो साता ६७ करोड कमाएको छ । तेस्रो हप्तामा पनि गदर–२ ले राम्रो काम गरेको छ । तेस्रो हप्तामा फिल्मले ६३.३५ करोड कमाएको छ ।

आइतबारसम्म फिल्मले ५ सय करोडको आँकडा पार गर्न सक्छ । गदर–२ को कमाइ देखेर सबै छक्क परेका छन् । फिल्मले करिब ५ सय करोडको आँकडा पुग्ने अनुमान कसैलाई पनि थिएन । चलचित्रको कमाई पहिलो हप्ता २८४.६३ करोड, दोस्रो हप्ता १३४.४७ करोड र तेस्रो हप्ता ६३.३५ करोड रहेको छ ।

गदर–२ सँग अब अझै एक साता बाँकी छ किनभने शाहरुख खानको फिल्म जवान सेप्टेम्बर ७ मा रिलिज हुँदैछ । यो एक साताको कमाईले फिल्मको लाइफटाइम व्यापार निर्धारण गर्नेछ ।

गदर–२ ले समग्रमा ५१० करोड रुपैयाँभन्दा बढी संकलन गर्न सक्ने केही व्यापार विज्ञको अनुमान छ । यस्तो भयो भने फिल्मले बाहुबली–२ को रेकर्ड तोड्ने छ । यद्यपि फिल्मले त्यहाँसम्म पुग्न ३० करोड बढी कमाउनुपर्ने हुन्छ ।

योसँगै पठानको कीर्तिमानमा पुग्न करिब ६० करोड कमाउनुपर्नेछ । विशेष कुरा के छ भने गदर–२ पठान र बाहुबलीभन्दा कम स्क्रिनमा रिलिज भएको थियो । एकै समयमा ओएमजी–२ सँग भिडन्त भएको थियो । यदि फिल्म एकल रिलिज हुन्थ्यो भने पठानको रेकर्ड अहिलेसम्म तोडिसकेको हुन्थ्यो ।

गदर–२ ले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ । इन्डस्ट्री ट्र्याकर स्याकनिल्कका अनुसार फिल्मले विश्वभर ६३१.८० करोड भारुभन्दा धेरै कमाई गरेको छ । फिल्मले अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायतलगायत देशमा राम्रो कमाइ गरिरहेको छ ।

ड्रीम गर्ल २ को कमाई जवान रिलिज भएपछि ड्रीम गर्ल २ ले पनि घाटा बेहोर्नु पर्नेछ । फिल्मले हालसम्म ६७ करोड कमाइसकेको छ । यसको लाइफटाइम कलेक्सन ९० देखि ९५ करोड सम्म हुन सक्ने बताइएको छ ।

फिल्मको बजेट ३५ करोड रहेको छ । त्यस अनुसार फिल्मले हिटको संज्ञा पाउन सक्छ । आयुष्मान खुरानाका पछिल्ला केही फिल्मको रेकर्ड हेर्दा ड्रीम गर्ल–२ ले राम्रो प्रदर्शन गरेको छ ।

(स्रोतः एएनआई)

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ३ : ५५ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त