भक्तपुरको थिमिमा मल्लकालीन भैरव नाचको रौनक « Khabarhub

भक्तपुरको थिमिमा मल्लकालीन भैरव नाचको रौनक


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको थिमिमा मल्लकालीन भैरव नाच (भैलः प्याखँ) देखाइएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रात प्रदर्शन हुने मल्लकालीन यो नाचलाई थिमिको ऐतिहासिक नाच मानिन्छ ।

मौलिक एवं पौराणिक महत्त्व बोकेको प्राचीन भैरव नाच भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार दिन मध्यपुर थिमि नगरको टोल टोलमा प्रदर्शन गरिन्छ ।

भैल प्याँख प्रदर्शनका लागि अनिवार्य रूपमा विभिन्न शास्त्रीय तथा तान्त्रिक विधि पूरागर्नुपर्ने स्थानीय संस्कृतिविद्हरुको भनाइ छ । मध्यपुर थिमि क्षेत्रमा तीन ठाउँबाट भैरव नाच निकाल्ने परम्परा छ ।

थिमिमा राक्षस, भूतप्रेतले दुःख दिएका कारण भैरवको साधना गरेर भैरव नाच निकाल्ने किम्वदन्ती रहेको थिमि भैल चपाचो २०८० व्यवस्थापन समितिका संयोजक चन्द्रकृष्ण प्रजापतिले जानकारी दिए । उनले कला संस्कृति जोगाउनका लागि नाचलाई परम्परा दिन युवाहरुबाट सहयोग प्राप्त भएको बताए ।

थिमिको लायकूबाट निकाल्ने लायकू भैल भनिन्छ भने थिमिकै तुलननी र नासननीबाट निकाल्ने नाचलाई थिमी भैल भनिन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ४ : ०४ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै