द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नेपाल भ्रमण : अमेरिकी सिनेटर होलेन « Khabarhub

द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नेपाल भ्रमण : अमेरिकी सिनेटर होलेन


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राज्य अमेरिकाको माथिल्लो सदन सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेन तीन दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्कंदै छन् ।

भ्रमणका क्रममा उनले नेपाल र अमेरिकाबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, गैरसरकारी संस्थाका प्रतिनिधि, युवा, सांसद र उद्यमी, दूतावासका कर्मचारीलगायतसँग भेटवार्ता र बैठक गरेका थिए ।

सिनेटर होलेनले मुलुकमा स्वास्थ्य, विद्युत्, यातायात, पूर्वाधारलगायत क्षेत्रमा सञ्चालित अमेरिकी परियोजनाबारे चासो व्यक्त गर्दै ती कार्यबाट आफू सन्तुष्ट रहेको बताए । नेपालका ऐतिहासिक सांस्कृतिक सम्पदाकोसमेत अवलोकन गरेका उनले आज बौद्धनाथ स्तुपा अवलोकनपछि सञ्चारकर्मीसँगको अन्तरक्रियामा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको उल्लेख गरे ।

सिनेटर होलेनले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७६औँ वर्षका अवसरमा दुई देशबीचको सम्बन्ध थप वृहत र सुमधुर बनाउने तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल भ्रमण गरेको उल्लेख गरे ।

यसअघि सन् १९८० मा आफूले नेपालको भ्रमण गरेको स्मरण गर्दै उनले त्यस अवधिमा नेपालमा धेरै परिवर्तन र उपलब्धि भएको आफूले पाएको सुनाए । सिनेटर होलेनले अमेरिका र नेपालबीचको राजनीतिक, आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न व्यक्तित्वसँग भेटवार्ता गरेको उल्लेख गर्दै भ्रमण निकै राम्रो र फलदायी भएको बताए ।

नेपालको कलिलो र जीवन्त लोकतन्त्र निकै महत्वपूर्ण भएको बताउँदै उनले अमेरिकाले नेपालको लोकतन्त्र सृदृढिकरणमा सदैव साझेदारी गर्दै आएको चर्चा गरे । नेपाल भ्रमणपछि सिनेटर होलेनले श्रीलङ्का र माल्दिभ्सको भ्रमण गर्ने बताइएको छ । आफ्नो भ्रमणका क्रममा उनले ती राष्ट्रहरूसँग पनि द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन विभिन्न व्यक्तित्वसँग भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ४ : ४५ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित