‘प्रसव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय’ « Khabarhub

‘प्रसव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय’


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को स्वकीय सचिवालयले श्रीमती सविना काफ्लेले सरकारी सवारी साधन उपयोग गरेको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै सचिवालयले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा सुत्केरी अवस्थामा रहेकी सविनाको स्वास्थ्यमा शनिबार बेलुका एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएको र सोही क्रममा स्वास्थ्य परीक्षणका लागि सरकारी गाडी प्रयोग गरेको जनाइएको छ । सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडीको प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

शनिबार राति फेसबुकमार्फत मेयर बालेनले महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । अराजक अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा जनाइएअनुसार नवजात शिशुलाई हाल मेडिसिटी अस्पतालको एनआईसीयूमा भर्ना गरिएको छ । स्वास्थ्य परीक्षणका साथै शिशुलाई स्तनपान गराएर घर फर्किने क्रममा सविना चढेको सरकारी गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेको थियो । त्यस क्रममा प्रहरीले दुर्व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा प्रसव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय रहेको जनाइएको छ ।

 

 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ६ : १५ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ