जयवागेश्वरीको रोपाइँ एवं खड्गजात्रामा युवाको उल्लेख्य सहभागिता « Khabarhub

जयवागेश्वरीको रोपाइँ एवं खड्गजात्रामा युवाको उल्लेख्य सहभागिता


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गाईजात्राको तेस्रो दिन पशुपति क्षेत्रको जयवागेश्वरीमा रोपाइँ जात्रा एवं खड्गजात्रा मनाइएको छ ।

प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ काठमाडौँ उपत्यकामा भव्य रुपमा गाईजात्रा पर्व मनाउने गरिन्छ । यसको तेस्रो दिन पशुपति क्षेत्रको जयवागेश्वरीमा रोपाइँजात्रा एवं खड्गजात्रा मनाइन्छ । जात्रामा स्थानीयवासीको सक्रिय सभागिता रहेको थियो ।

पछिल्लो समय जात्रामा युवाको पनि उल्लेख्य सहभागिता हुन थालेको छ । पशुपति क्षेत्रका केही जात्रा मनाउने युवाको निष्क्रियताका कारण लोप हुन लागेकामा भाद्रकृष्ण पक्षमा मनाइने रोपाइँ जात्रा एवं खड्गजात्रामा भने युवा वर्गको सक्रिय सहभागिता हुन थालेकामा पूर्व बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले खुसी व्यक्त गरे ।

मौलिक सांस्कृतिक सम्पदा भावी पुस्ताका लागि संरक्षण गरिनुपर्नेमा पनि उनले जोड दिएका छन् । त्यसका लागि तीनै तहका सरकारले समन्वय गरी काम गर्नुपर्ने स्थानीयवासीको माग छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ६ : ४३ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता