जनकपुरमा एक युवतीको रहस्यमय मृत्यु | Khabarhub Khabarhub

जनकपुरमा एक युवतीको रहस्यमय मृत्यु


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरमा एक युवतीको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ। जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाकी १८ वर्षीया सरस्वती यादवको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको हो।

आज दिउँसो उनको शव प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए। कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भनेर आमाकी बालिकाले बयान दिएकी छन्।

स्थानीयबासिन्दाले भने सरस्वतीको राति नै मृत्यु भएको बताएका छन्। सरस्वतीलाई अनावश्यक औषधि खुवाइएपछि रक्तश्राव भएर राति नै घरमा मृत्यु भएको अनुसन्धानका क्रममा पाइएको प्रहरीको भनाइ छ।

घटना के कसरी भएको हो भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : ३० बजे

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा

भारतको गुजरातमा पर्खाल भत्किँदा छ जनाको मृत्यु

नयाँ दिल्ली – भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र

नेपाललाई स्तब्ध पार्दै उज्बेकिस्ताले जित्यो काभा यू–२० भलिबलको उपाधि

काठमाडौं – श्रीलंकामा जारी काभा यु–२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल