श्रमिक मुद्दा ओझेलमा : योगेश भट्टराई « Khabarhub

श्रमिक मुद्दा ओझेलमा : योगेश भट्टराई


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले श्रमिक र भूमिहीनका मुद्दा ओझेलिँदै गएको बताएका छन् । भूमिअधिकार तथा श्रमिक सङ्गठन, नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको आज बर्दिबास–४ माईस्थानमा उद्घाटन गर्दै उनले शान्तिपूर्ण सङ्घर्षका माध्यमले श्रमिक र भूमिहीनका मुद्दा दर्विलो ढङ्गले उजागर गर्न आवश्यक रहेको बताए ।

पूर्वमन्त्री एवं एमालेको मधेस प्रदेश इञ्चार्जसमेत रहेका सचिव भट्टराईले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले भूमिहीन समस्या समाधानका लागि ठोस प्रयत्न थालेको उल्लेख गरे ।

“त्यतिखेर २०५१ सालमा यसका लागि समाधानमुखी प्रयत्न थालियो, तर छोटो समयको मनमोहन नेतृत्वको सरकारले काम फत्ते गर्न भ्याएन”, भट्टराईले भने, “त्यसयता पनि विभिन्न नाउँमा भूमि आयोग त बने, तर परिणामभन्दा राजनीतिक नियुक्तिको जागिरको थलोमात्र देखियो ।” श्रमिक र भूमिहीनका समस्याको समुचित सम्बोधनका लागि फेरि एमाले नेतृत्वको सरकार नै बन्नुपर्ने उनको भनाइ थियो ।

अधिवेशनमा सङ्गठनका केन्द्रीय उपाध्यक्ष गुञ्जबहादुर खड्का र महासचिव इन्द्र तामाङसहितका वक्ताले वर्तमान संविधानको प्रस्तावनामै समाजवादउन्मुख उल्लेख भए पनि सरकारका प्रयत्न त्यस दिशामा अघि नबढेका गुनासो गरे ।

सङ्गठनको मधेस प्रदेशका निवर्तमान कार्यवाहक अध्यक्ष शारद पोखरेलको अध्यक्षतामा सम्पन्न दोस्रो मधेस प्रदेश अधिवेशनले सत्यनारायण यादवको अध्यक्षतामा ४५ सदस्यीय मधेस प्रदेश समिति सर्वसम्मत चयन गरेको छ । जसमा उपाध्यक्षद्वमा बलबहादुर बस्नेत र सुनिता लोहनी, सचिवमा प्रदीपकुमार लामा, उपसचिवद्वयमा जगदीश यादव र कमल राना एवम् कोषाध्यक्षमा मीनाकुमारी महरालाई पदाधिकारीको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ९ : ११ बजे

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको