गैंडाको खागसहित चारजना पक्राउ « Khabarhub

गैंडाको खागसहित चारजना पक्राउ


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिबन्धित गैंडाको खागसहित चारजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले गैंडाको खागसहित दोलखाको मेलुङ्ग गाउँपालिका- ७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका- ७ का पूर्ण सिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका –१ का कर्ना तामाङलाई पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका- ७ हरहर महादेवस्थानबाट दुईजनालाई र उनीहरुको बयानको आधारमा थप दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ९ : ५७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन