भारतका शक्तिकान्त दास बने विश्वकै उत्कृष्ट गभर्नर « Khabarhub

भारतका शक्तिकान्त दास बने विश्वकै उत्कृष्ट गभर्नर


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट गभर्नर बनेका छन् । ए प्लस’ ग्रेडिङ पाएका बैंक गभर्नरहरुको सूचीको शीर्ष स्थानमा गभर्नर दासलाई राखिएको हो ।

अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ तीन वटा बैंकलाई ‘ए प्लस’ ग्रेडिङ दिएको थियो ।

दासपछि दोस्रो नम्बरमा स्विट्जरल्याण्डको केन्द्रीय बैंकका गभर्नर थोमस जे जोर्डन परेका छन् । त्यसपछि भियतनामका गुएन थि होङको उत्कृष्ट सूचीमा नाम छ ।

मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गरिएको छ ।

यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर (एक्स) मा एक पोस्ट सेअर गरेर ग्लोबल फाइनान्स सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३ मा शक्तिकान्त दासलाई ‘ए प्लस’ रेटिङ पाएकोमा बधाइ दिएका छन्।

मोदीले लेखेका छन्, ‘आरबीआई गभर्नर शक्तिकान्त दासलाई बधाइ। यो भारतका लागि गर्वको क्षण हो, जसले विश्वमा हाम्रो वित्तीय नेतृत्वलाई प्रतिविम्बित गर्दछ। शक्तिकान्त दासको समर्पण र दूरदर्शिताले हाम्रो देशको विकास यात्रालाई निरन्तरता दिनेछ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १० : १२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा