चलचित्रकर्मीले सम्झौता गर्नु नै गलत भयो : अभिनेता नीर शाह « Khabarhub

चलचित्रकर्मीले सम्झौता गर्नु नै गलत भयो : अभिनेता नीर शाह


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

ललितपुर – कलाकार, निर्देशक तथा गीतकार शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताएका छन् ।

उनले गत शुक्रबारदेखि ललितपुरमा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा आयोजित सत्रमा आफ्नो विचार राख्दै विसं २०५८ सम्म चलचित्र क्षेत्रलाई सरकारले दिने अनुदान बन्द भएपछि नयाँ–नयाँ बेथिति थपिएको टिप्पणी गरे ।

“केही चलचित्रकर्मीले विसं २०५८ मा एउटा सम्झौता गर्नुभयो । राज्यकोषबाट पाउने सबै सेवा सुविधालाई बन्द गराउन लगाएर चलचित्र विकास बोर्डको माग गर्नुभयो । विकास बोर्ड खोल्नका लागि यो सहुलियत बन्द भयो । विकास बोर्ड स्थापना भएदेखि नेपाली सिनेमाको ओरालो यात्रा पनि सुरु भयो”, अभिनेता शाहले भन्नुभयो भने, “विसं २०४२ देखि २०५८ सम्म राज्यले चलचित्र उद्योगलाई सबैभन्दा धेरै सघाएको कालखण्ड हो । मनोरञ्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता गर्दिन्थ्यो ।”

चलचित्र विकास बोर्डका पूर्वअध्यक्षसमेत रहिसक्नुभएका अभिनेता शाहले निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘लाहुरे’ ले भृकुटीमण्डपको हाइभिजन चलचित्र भवनबाट रु ३३ लाख मनोरञ्जन कर वापत फिर्ता पाएको स्मरण गरे ।

विदेशी चलचित्रको प्रदर्शनबाट उठेको करको रकमले बोर्डका कर्मचारीले तलब थाप्ने उल्लेख गर्दै उनले त्यसले नेपाली चलचित्रको हित गर्न नसक्ने बताए । “पुनः यसलाई स्थापना गर्ने हो भने नेपाली चलचित्र लयमा फर्कन्छ । अन्यथा नेपाली चलचित्र निर्माण गर्ने कुनै न कुनै स्थान त हुन्छ । तर, त्यो स्थान नेपाल हुँदैन”, उनलेब ताए ।

यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव ९केएलएफ० भारतको संयुक्त आयोजनामा भइरहेको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ आज बेलुकी समापन हुँदैछ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १० : ४१ बजे

जनकपुर बोल्ट्सले बिहीबार आमा नामको जर्सी लगाउने (तस्बिरहरू)

जनकपुर– एनपीएल दोस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबारको खेलमा आमालाई

इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा नयाँ आतंकवाद विरोधी अपरेसन सुरु

जेरुसेलम– इजरायली सेनाले बुधबार कब्जा गरिएको वेस्ट बैंकको उत्तर क्षेत्रमा

बिहे, ब्रतबन्ध र घुम्न जाँदा पनि स्थानीय तहका गाडी, सतर्कता केन्द्रले भन्यो : दुरुपयोग रोकौँ

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले देशभरका स्थानीय तहमा भइरहेको सरकारी सवारी

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६० लाखबढी कमाइ

काठमाडौं– नेपाली फिल्म ‘परान’ले अन्तर्राष्ट्रिय बजारमा पनि ठूलो सफलता हासिल

गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि

चितवन– आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ