बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध | Khabarhub Khabarhub

बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अविरल वर्षाका कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् । 

पहिरोले बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४ फापरखेतको घुमाउने भीर र मालिका गाउँपालिका–६ को बाङ्गे पहिरोमा सडक अवरुद्ध भएको छ ।

त्यसैगरी बेनी–जोमसोम सडकखण्डको रघुगङ्गा गाउँपालिका–२ बैँसरी, कुनौटा, अन्नपूर्ण गाउँपालिका–२ नैनिबगर र वडा नम्बर ३ को गुइँठेलगायत क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनका अनुसार वर्षा नरोकिएका कारण पहिरो पन्छाएर सडक खुलाउन समस्या भएको छ । निरन्तर पहिरो खसिरहेका कारण सडकखण्डमा सवारी सञ्चालन हुनसकेको छैन । 

बेनी–जोमसोम सडकखण्ड पहिराले अवरुद्ध भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङका सर्वसाधारणका साथै पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको छ ।

सोह्रश्राद्धमा पितृ उद्धारका लागि मुस्ताङको कागबेनीमा जाने तीर्थालुको चाप बढेको समयमा सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्कनेहरू बीच बाटैमा रोकिएका छन् । 

पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध बनाउने भएकाले सम्बन्धित सडकको अवस्थाबारे सूचना लिएर मात्रै यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ११ : १५ बजे

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

मान्म– पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

काभ्रेको भुम्लुवासीले ५० वर्षपछि लालपुर्जा पाउने

काभ्रेपलाञ्चोक- जिल्लाको भुम्लु गाउँपालिकाको दुई वडामा पाँच दशक अघिदेखि विद्यामान लालपुर्जाको

प्रकाश र स्वस्तिमाको बोलचाल बन्दको ‘गसिप’ फिल्म प्रचारमा सदुपयोग

काठमाडौं – फिल्म क्षेत्रका सामान्य घटना हो- सहकर्मीबीच बोलचाल बन्द

पुरुषले १० पटक विर्यदान र महिलाले ६ पटकसम्म अण्डादान दान गर्न पाउने 

काठमाडौ– नि:सन्तान दम्पतीहरूलाई सन्तान सुख दिनका लागि नेपालमा लामो समयदेखि आईभीएफ

‘मैले एक पैसो घुस लिएको छैन, पैसा कमाउन राजनीति गर्ने होइन’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने