२९ रुसी ड्रोन र क्षेप्यास्त्र खसालेको युक्रेनको दाबी « Khabarhub

२९ रुसी ड्रोन र क्षेप्यास्त्र खसालेको युक्रेनको दाबी


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्विपबाट रुसी सेनाले प्रक्षेपण गरेका दुई दर्जनभन्दा बढी ड्रोन र एउटा क्रुज क्षेप्यास्त्र खसालेको बताएको छ । ती ड्रोन र क्षेप्यास्त्र इरानमा निर्मित रहेको जनाइएको छ । मस्कोले युक्रेनी ऊर्जा पूर्वाधारमा हवाई आक्रमणको अभियान पुनः सुरु गरेको किएको भनाइ छ ।

गत वर्ष ती पूर्वाधारमा आक्रमण हुँदा लाखौँ मानिस पानी र तापबिना बस्न बाध्य भएका थिए । “गए राति रुसी अतिक्रमणकारीहरूले ३१ वटा साहेद (मानवरहित हवाई अस्त्र) र एउटा इस्कान्दर–के क्रुज क्षेप्यास्त्रले आक्रमण गरे”, उक्त क्षेप्यास्त्र र  २९ वटा ड्रोन खसालेको उल्लेख गर्दै युक्रेनको वायु सेनाले जनाएको छ ।

दक्षिणी क्षेत्रको माइकोलाइभ र मध्यक्षेत्रको ड्निप्रोपेट्रोभस्कका जिम्मेवार फौजले उक्त क्षेप्यास्त्र र ड्रोनहरू खसालेको सेनाले विज्ञप्तिमा जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै साता युरोपेली युनियनसमक्ष रुसका साथै रुसी सेनालाई ड्रोन र क्षेप्यास्त्र आपूर्ति गर्ने इरानमाथिको प्रतिबन्धलाई फराकिलो बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : ५५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति