२९ रुसी ड्रोन र क्षेप्यास्त्र खसालेको युक्रेनको दाबी | Khabarhub Khabarhub

२९ रुसी ड्रोन र क्षेप्यास्त्र खसालेको युक्रेनको दाबी


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्विपबाट रुसी सेनाले प्रक्षेपण गरेका दुई दर्जनभन्दा बढी ड्रोन र एउटा क्रुज क्षेप्यास्त्र खसालेको बताएको छ । ती ड्रोन र क्षेप्यास्त्र इरानमा निर्मित रहेको जनाइएको छ । मस्कोले युक्रेनी ऊर्जा पूर्वाधारमा हवाई आक्रमणको अभियान पुनः सुरु गरेको किएको भनाइ छ ।

गत वर्ष ती पूर्वाधारमा आक्रमण हुँदा लाखौँ मानिस पानी र तापबिना बस्न बाध्य भएका थिए । “गए राति रुसी अतिक्रमणकारीहरूले ३१ वटा साहेद (मानवरहित हवाई अस्त्र) र एउटा इस्कान्दर–के क्रुज क्षेप्यास्त्रले आक्रमण गरे”, उक्त क्षेप्यास्त्र र  २९ वटा ड्रोन खसालेको उल्लेख गर्दै युक्रेनको वायु सेनाले जनाएको छ ।

दक्षिणी क्षेत्रको माइकोलाइभ र मध्यक्षेत्रको ड्निप्रोपेट्रोभस्कका जिम्मेवार फौजले उक्त क्षेप्यास्त्र र ड्रोनहरू खसालेको सेनाले विज्ञप्तिमा जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै साता युरोपेली युनियनसमक्ष रुसका साथै रुसी सेनालाई ड्रोन र क्षेप्यास्त्र आपूर्ति गर्ने इरानमाथिको प्रतिबन्धलाई फराकिलो बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : ५५ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु