प्रचण्ड सरकारसँग देश बनाउने कुनै भिजन नभएको ओलीको आरोप « Khabarhub

प्रचण्ड सरकारसँग देश बनाउने कुनै भिजन नभएको ओलीको आरोप


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग देश बनाउने कुनै भिजन नभएको आरोप लगाएका छन् । 

मुलुकको अर्थतन्त्र धाराशयी बन्दै गएको र बैंकहरूसँग ऋण लिएर कर्मचारीले तलब खुवाउनु पर्ने अवस्था आउँदा पनि प्रचण्ड सरकार गम्भिर नभएको ओलीको आरोप छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले अर्थतन्त्र धाराशयी हुँदा पनि वर्तमान सरकारले कुनै बिजनेस प्लान बनाउन नसकेकोसमेत जनाए ।

 ‘अर्थतन्त्र धाराशयी भइसकेको छ, सरकार बैंकहरूसँग ऋण मागेर कर्मचारीलाई तलब खुवाउने अवस्थामा छ, असोज फेरी बैंकसँग तलब खुवाउन ऋण माग्दैछ तर कुनै गम्भिर भएको छैन, इतिहासका यति निकम्मा सरकार अहिलेसम्म बनेको थिएन, यो सरकारसँग कुनै बिजनेस प्लान छैन ।’ 

सरकार रेमिट्यान्सको आम्दानी देखाएर मख्ख परेको तर उत्पादन बढाउनका लागि कुनै ‘बिजनेस प्लान’ बनाउन नसकेको पनि उनको भनाई छ ।

‘यो सरकार देशलाई टाट पल्टाउन लागेको छ, अर्थतन्त्र धाराशयी हुँदा पनि अलिकति पनि गम्भिर छैन्,’ उनले भने, ‘यो सरकारले अर्थतन्त्र ह्यान्डल गर्न सक्दैन, यो निकम्मा भईसक्यो ।’

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : २६ बजे

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि