विश्व अर्थव्यवस्था विभाजनतर्फ उन्मुख : जापानी केन्द्रीय बैंकका पूर्वगभर्नर कुरोदा | Khabarhub Khabarhub

विश्व अर्थव्यवस्था विभाजनतर्फ उन्मुख : जापानी केन्द्रीय बैंकका पूर्वगभर्नर कुरोदा


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानको केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर एवम् एसियाली विकास बैंकका पूर्वअध्यक्ष हारुहिको कुरोदाले पछिल्लो समय विश्व अर्थव्यवस्थामा विभाजन देखिएको टिप्पणी गरेका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित ‘विश्वव्यापी अर्थतन्त्रमा विभाजन र अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको भविष्य’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वगभर्नर कुरोदाले युक्रेनमा युद्ध सुरु भएदेखि विश्वअर्थव्यवस्थामा विभाजन अझ स्पष्ट देखिएको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले युक्रेनमा युद्ध सुरु हुनुअघि नै अमेरिकाले केही चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको उदाहरण दिँदै उनले अहिले अझै स्पष्ट रुपमा आर्थिक विभाजन देखिएको उल्लेख गरे ।

उनले विश्वव्यापी अर्थव्यवस्थाबारे छलफल गर्न जी २० को गठन भएको भएपनि उनले अहिले त्यसभित्रसमेत विभाजन देखिएको उल्लेख गरे । हाल विश्वका शक्तिशाली मुलुकहरुको समूह जी २० का सदस्यहरु तीन विभिन्न खेमामा देखिएको उल्लेख गर्दै उनले चीन, रुस र साउदी अरब एकातिर, अमेरिका, जापान, जर्मनी, बेलायत, फ्रान्स, इटाली, क्यानाडा युरोपेली युनियन र अस्ट्रेलिया अर्कोतिर साथै मेक्सिको, अर्जेन्टिना, ब्राजिल, दक्षिण कोरिया, इण्डोनेशिया, भारत, टर्की र दक्षिण अफ्रिका तेस्रो खेमामा देखिएको जनाए ।

विश्व अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्ने जी २० नै विभिन्न खेमामा विभक्त भएको र यस प्रकारको विभाजन अझै केही समयसम्म जारी रहने उनको भनाइ छ । युक्रेनमा आक्रमण गरेसँगै विभिन्न मुलुकले लगाएको प्रतिबन्धका कारण रुसी अर्थतन्त्रमा नकारात्मक असर देखिएको उनको भनाइ छ । त्यसबाहेक कार्बन उत्सर्जन कटौती गर्ने विश्वव्यापी प्रतिबद्धताका कारण प्राकृतिक तेल र ग्यास निर्यातमा आधारित रुसी अर्थतन्त्र दीर्घकालसम्मका लागि प्रभावित हुने जिकिर गरे ।

कार्यक्रममा उनले आर्थिक खण्डीकरणको जोखिम मौद्रिक क्षेत्रमा पनि रहेको बताए । उनले विश्वव्यापी मौद्रिक व्यवस्थामा विभाजनको अवस्था आएपनि विश्व अर्थतन्त्रमा अमेरिकी डलरको प्रभाव भने कायमै रहने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपगभर्नर बमबहादुर मिश्रले नेपालको आर्थिक एवम् सामाजिक विकासमा जापानले पु¥याएको सहयोगबारे चर्चा गर्दै जापान नेपालको लामो समयदेखिको विकास एवम् व्यापारिक साझेदार रहेको उल्लेख गरे । उनले अर्थव्यवस्थामा जति बढी विभाजन भयो, उति धेरै त्यसको असर पर्ने भन्दै यसबाट अर्थतन्त्रमा अस्थीरता पैदा हुनसक्ने जिकिर गरे । कार्यक्रममा उनले केही समयअघि नेपालको अर्थतन्त्रमा समस्या देखिएको भएपनि विस्तारै त्यो हल हुँदै गएको उल्लेख गरे ।

कार्यक्रममा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहबको आयोजना तथा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड, एसियाली विकास बैंक, द एसिया फाउन्डेसन, नबिल बैंक, कुमारी बैंक, एनएमबी बैंक, प्रभु बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा आयोजित कार्यक्रमकमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दु लोहनीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याएको भन्दै विभिन्न संस्था एवम् व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता गरेका आईएसएसआरका निर्देशक नरेश श्रेष्ठले पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै आईएसएसआरले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा अर्थशास्त्रीहरु, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधहरु, जनप्रतिनिधिहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, पत्रकार र सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : १० बजे

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी