भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई « Khabarhub

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

स्टकहोम– परमाणु र अणुभित्र इलेक्ट्रोनको अन्वेषण गर्ने उपकरणहरूको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। 

फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिश एनी एलहुइलियरलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । पदार्थमा इलेक्ट्रोन गतिशीलताको अनुसन्धानका लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गर्ने प्रयोगात्मक विधिहरूका लागि उनीहरूलाई सम्मान गरिएको जुरीले बताएको छ । 

एटोसेकेन्ड यति छोटो हुन्छ कि एक सेकेन्डमा त्यति नै सेकेन्ड हुन्छ जति ब्रह्माण्डको उत्पत्तिपछि भएको थियो । जुरीका अनुसार पुरस्कृत वैज्ञानिकहरूले प्रकाशको अत्यन्त सानो पल्सहरू बनाउने तरिकाको प्रदर्शन गरेका छन् जसबाट इलेक्ट्रोन सञ्चालन हुने वा ऊर्जा परिवर्तन हुने तीव्र प्रक्रियाहरू नाप्न प्रयोग गरिन्छ । 

‘पुरस्कृतहरूको योगदानले अत्यन्त तीव्रताका कारण पहिला पालना गर्न असम्भव प्रक्रियाहरूको अनुसन्धानलाई सक्षम बनाएको छ’, जुरीले भनेको छ ।अगोस्टिनी अमेरिकामा ओहायो स्टेट युनिभर्सिटीमा प्रोफेसर हुन् भने क्राउज जर्मनमा म्याक्स प्लान्क इन्स्टिच्युटका निर्देशक हुन् ।

त्यसैगरी स्विडेनको लुन्ड विश्वविद्यालयकी प्रोफेसर एलहुइलियर सन् १९०१ पछि भौतिकशास्त्रमा नोबेल पुरस्कार जित्ने पाँचौँ महिला हुन् । 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ६ : ५० बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन