दोलखा सुन तस्करीमा पनि चिनियाँ गिरोहकै संलग्नता « Khabarhub

दोलखा सुन तस्करीमा पनि चिनियाँ गिरोहकै संलग्नता


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी ६२ वर्षीय सनत प्रधान, सिन्धुपाल्चोक सानोसिरुबारी–७ घर भई हाल टोखा–६ सरस्वतीखेल बस्ने (गोङ्गबुस्थित नमोबुद्ध गेष्ट हाउस सञ्चालक) ४३ वर्षीय लालबहादुर तामाङ र ४३ वर्षीय चिनियाँ नागरिक गेङ्रु रहेका छन् ।

प्रहरीका अनुसार प्रधान र तामाङलाई काठमाडौँ टोखाबाट तथा गेङ्रुलाई गए राति स्वयम्भूबाट पक्राउ गरिएको हो। पक्राउ परेका तीनै जनालाई आजै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ।

यस्तै उक्त सुन पनि चिनियाँ गिरोहको नै भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका नेपालीहरू भरियामात्रै भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । चिनियाँ तस्करले सीमानासम्म ल्याएको सुन नेपालीले त्यहाँबाट काठमाडौं ल्याएर चिनियाँ गिरोहलाई नै बुझाउने तयारी भइरहँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

चीनको सीमानाबाट पेम्बा तामाङ र चस्मान तामाङले ल्याएका थिए। असोज १० गते बेलुका साढे ७ बजेतिर दोलखा प्रहरीले विशेष सूचनाका आधारमा बिगु गाउँपालिका ३ जामुनेस्थित सीता तामाङको घरमा डेरा बस्ने २८ वर्षीय केशर तामाङको डेराबाट ४ किलो सुन बरामद गरेको थियो।

यसमा संलग्न २० वर्षीय माधव मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ। बिगु गाउँपालिका १ का १७ वर्षीय नाबालक पनि सुन तस्करीमा संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : ४७ बजे

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन