घरमा माकुराको जालो भए किन फालिहाल्नु पर्छ ? | Khabarhub Khabarhub

घरमा माकुराको जालो भए किन फालिहाल्नु पर्छ ?


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

हामी सबैलाई थाहा होला घरमा माकुराको जालो राख्नु हुँदैन भन्ने । बुढापाकाले पनि बार बार भनिरहने कुरा हो घर भित्र माकुराले जालो लगाउँदा हटाइ हाल्नु पर्छ भनेर । 

त्यसैले माकुराको जालो भयो भने घरमा राम्रो हुँदैन भन्ने मान्यता परापूर्व कालदेखि नै चल्दै आएको छ । भनिन्छ जुन घरमा माकुराको जालो लागेको हुन्छ, त्यस घरमा बस्ने मानिसहरू माकुराको जालो झैँ उल्झनमा परिरहन्छन् ।

वास्तुशास्त्र अनुसार घरमा माकुराको जालो हुनुलाई राम्रो मानिएको छैन ।  यदि घरमा माकुराले जालो लगाएको छ भने उक्त घरमा विभिन्न समस्या र उल्झन आउने र घरमा विवाद लगायत हुने वास्तु शास्त्रमा वर्णन गरिएको छ ।

जसका कारण घरमा विभिन्न किसिमको समस्याहरू उत्पन्न हुने मान्यता पनि रहेको छ । त्यसैले घरमा कहिल्यै पनि माकुराले जालो लगाएको भए त्यसलाई हटाइ हाल्नु पर्छ । 

ज्योतिषशास्त्रअनुसार पनि माकुराको जालोले घरमा नकारात्मक ऊर्जालाई बढाउको साथै  रोगहरूलाई निम्त्याउने गर्छ । ज्योतिषशास्त्र अनुसार जुन घरमा माकुराले जालो बनाउन थाल्छ, त्यस घरमा एकपछि अर्को गर्दै समस्याहरू आउन थाल्दछन् उक्त घरको  सुख शान्ति समृद्धिमा कमी आउन थाल्दछ

माकुराको जालो घरमा हुनुको वैज्ञानिक कारण पनि रहेको छ । विज्ञानको अनुसार माकुराको एक जालोमा बिमारी फैलाउने असङ्ख्य सूक्ष्म जीव रहने भएकोले यसले विभिन्न रोगहरू निम्त्याउने गर्दछ त्यसैले यो घरमा राख्नु हुँदैन । 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : १७ बजे

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी