घरमा माकुराको जालो भए किन फालिहाल्नु पर्छ ? « Khabarhub

घरमा माकुराको जालो भए किन फालिहाल्नु पर्छ ?


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

हामी सबैलाई थाहा होला घरमा माकुराको जालो राख्नु हुँदैन भन्ने । बुढापाकाले पनि बार बार भनिरहने कुरा हो घर भित्र माकुराले जालो लगाउँदा हटाइ हाल्नु पर्छ भनेर । 

त्यसैले माकुराको जालो भयो भने घरमा राम्रो हुँदैन भन्ने मान्यता परापूर्व कालदेखि नै चल्दै आएको छ । भनिन्छ जुन घरमा माकुराको जालो लागेको हुन्छ, त्यस घरमा बस्ने मानिसहरू माकुराको जालो झैँ उल्झनमा परिरहन्छन् ।

वास्तुशास्त्र अनुसार घरमा माकुराको जालो हुनुलाई राम्रो मानिएको छैन ।  यदि घरमा माकुराले जालो लगाएको छ भने उक्त घरमा विभिन्न समस्या र उल्झन आउने र घरमा विवाद लगायत हुने वास्तु शास्त्रमा वर्णन गरिएको छ ।

जसका कारण घरमा विभिन्न किसिमको समस्याहरू उत्पन्न हुने मान्यता पनि रहेको छ । त्यसैले घरमा कहिल्यै पनि माकुराले जालो लगाएको भए त्यसलाई हटाइ हाल्नु पर्छ । 

ज्योतिषशास्त्रअनुसार पनि माकुराको जालोले घरमा नकारात्मक ऊर्जालाई बढाउको साथै  रोगहरूलाई निम्त्याउने गर्छ । ज्योतिषशास्त्र अनुसार जुन घरमा माकुराले जालो बनाउन थाल्छ, त्यस घरमा एकपछि अर्को गर्दै समस्याहरू आउन थाल्दछन् उक्त घरको  सुख शान्ति समृद्धिमा कमी आउन थाल्दछ

माकुराको जालो घरमा हुनुको वैज्ञानिक कारण पनि रहेको छ । विज्ञानको अनुसार माकुराको एक जालोमा बिमारी फैलाउने असङ्ख्य सूक्ष्म जीव रहने भएकोले यसले विभिन्न रोगहरू निम्त्याउने गर्दछ त्यसैले यो घरमा राख्नु हुँदैन । 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : १७ बजे

जापानमा ७.२ म्याग्निच्युडको भूकम्प, चार जना घाइते

टोकियो- उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा चार जना

सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा सशस्त्र महानिरीक्षकको जोड

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार

प्रशिक्षकले सन ह्युङ मिनको नाममा खेलेको ‘जुवा’, जसले डुबायो दक्षिण कोरियालाई

मोन्टेरे, मेक्सिको- दक्षिण कोरियाले बुधबार दक्षिण अफ्रिकाविरुद्ध पराजय मात्र टारेको

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय