न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन-दलीय गठबन्धन सरकार बनाउने « Khabarhub

न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन-दलीय गठबन्धन सरकार बनाउने


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीन–दलीय गठबन्धन सरकार बनाउने बताएका छन् ।

लक्सनको नेसनल पार्टीले गत महिना भएको निर्वाचनमा कूल एक सय २३ सिटमा ४८ सिट हासिल गरेपछि उनलाई सरकार बनाउन अन्य पार्टीको समर्थन आवश्यक परेको छ । एयरलाइन्सका पूर्वकार्यकारी ५३ वर्षीय लक्सनले उदारवादी एसिटी र लोकप्रिय न्युजिल्यान्ड फर्स्ट पार्टीसँग सरकार गठनका लागि शनिबार र आइतबार वार्ता हुने जानकारी दिए । 

‘अन्तिम स्पष्टता हुनु राम्रो हो, अब हामी तीव्रता प्राप्त गर्न सक्छौँ’, गठबन्धन सम्झौतामा समय सीमा तोक्न अस्वीकार गर्दै वेलिङ्टनस्थित संसद्मा पत्रकारहरूसँग लक्सनले भने, ‘हामी दुवै पार्टीसँग रचनात्मकरूपमा काम गर्नेछौँ, हामी एकसाथ आउनेछौँ र एउटा बलियो र स्थिर सरकार बनाउनेछौँ ।’

नोभेम्बरमा सान फ्रासिस्कोमा एसिया–प्रशान्त क्षेत्रका प्रमुख नेताहरूको शिखर सम्मेलन सुरु हुनुअघि न्युजिल्यान्डमा सरकार बन्न सक्छ वा सक्दैन भन्ने स्पष्ट छैन । सरकार गठन गरेको पहिलो एक सय दिनमा नेसनल पार्टीले स्कुलमा सेलफोनमाथि प्रतिबन्ध, अपराध नियन्त्रण र योजनाबद्ध इन्धनमा कर वृद्धि खारेजजस्ता परिवर्तन गर्ने वाचा गरेको छ । 

न्युजिल्यान्डका मतदाताहरूले अक्टोबर १४ मा भएको निर्वाचनमा मध्य–वामपन्थी लेबर सरकारको छ वर्षको शासनलाई अन्त्य गरेका छन् । जनवरीमा जसिन्डा अर्डर्नको स्थानमा प्रधानमन्त्री बनेका क्रिस हिपकिन्सले मतदान सकिएको केही घन्टापछि पराजय स्वीकार गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १२ : ४१ बजे

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु