सरकारविरुद्ध युवा संघको प्रदर्शन « Khabarhub

सरकारविरुद्ध युवा संघको प्रदर्शन


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारको काम कारवाही जनमुखी नभएको भन्दै राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । जनता मूल्यवृद्धि, कालोबजारीबाट आक्रान्त हुँदा पनि सरकार मौन रहेको भन्दै युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

सरकारकै कारण मुलुकमा प्राप्त परिवर्तन धराशायी बनेको, समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा अघि बढाउन नसकेको र सरकार बनेपछि एउटा पनि राम्रो काम पनि गर्न नसकेको संगठनको आरोप छ ।

विरोध प्रदर्शनपछि युवा संघका अध्यक्ष क्षितिज थेबेले सरकारले देश र जनताका लागि कुनै काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । जनजीविकाका विषयमा सरकारको पटक पटक ध्यानाकर्षण गराएपनि कुनै चासो नदेखाएकाले सरकार विरुद्ध प्रदर्शन गर्नुपरेको उनको भनाइ छ ।

उनले सरकारमा रहेकाले व्यापारीसँग साठगाँठ गरेर उपभोग्य वस्तुमा कृत्रिम अभाव भएको र मूल्यवृद्धि भएको आरोप लगाए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ५ : ५३ बजे

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ