नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ « Khabarhub

नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

झापा- झापाबाट एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पुर्णिया जिल्लाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

झापा गाउँपालिका–१ स्थित सितापुरीमा भारतीय नम्बर प्लट भएका दुई वटा मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद गरेको हो ।

नक्कली नोटसहित पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : ३२ बजे

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौं– राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ ।

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति

बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान

चितवन– डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा

सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हाम फालिन्

काठमाडौं– दोलखाको तामाकोशी पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको