खसी भन्दै बाख्राको मासु बेचेपछि… « Khabarhub

खसी भन्दै बाख्राको मासु बेचेपछि…


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित साहिल फ्रेस हाउसका सञ्चालक गुल्जार महम्मद पक्राउ परेका हुन् । उनको पसलबाट खसीको २१ किलो र बाख्राको ८ किलो मासु समेत बरामद गरिएको छ ।

बाख्राको मासु बेचिरहेको गुनासोपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उनको पसल अनुगमन गरेको थियो । सो क्रममा बाख्राको मासु भेटिएपछि प्रहरीले गुल्जारलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाएको छ ।

पसलको अगाडि खसीको मासुको सानो टुक्रासंगै छाला बिनाको बाख्रालाई खसीको अण्डकोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसँगै बिक्री गर्नको लागि राखेको अवस्थामा मासु भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : ४९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी