कर्णालीमा ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुरु | Khabarhub Khabarhub

कर्णालीमा ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुरु


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका १० वटा स्थानीय तहमा सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम सुरु भएको छ । युरोपियन युनियन, युनिसेफ, युएन वुमन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन र युएनएफपिएले यहाँका १० पालिकाहरुमा सो कार्यक्रम सुरु गरेको हो ।

चार वर्षे यो परियोजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, दैलेखको नारायण नगरपालिका, दुल्लु नगरपालिका, महाबु गाउँपालिका र भैरवी गाउँपालिका, कालिकोटको खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिका तथा रुकुम पश्चिमको ठूलीभेरी र सानीभेरी गाउँपालिकामा सुरु भएको हो ।

सुर्खेतमा आज आयोजित कार्यक्रममा युएन वुमनका कार्यक्रम अधिकृत सन्तोष आचार्यले यो कार्यक्रम कर्णालीका १०, सुदूरपश्चिम प्रदेशका १० र मधेस प्रदेशका १२ गरी ३२ पालिकामा लागू गरिएको जानकारी दिए। हाललाई नमूना कामका लागि कर्णालीका १० वटा पालिकालाई छनोट गरिएको र यसको प्रभावकारितापछि अन्य पालिकाहरुमा थप विस्तार गरिने लक्ष्य राखिएको छ ।

यी सबैका लागि करिब रु दुई अर्बको बजेट रहेको छ । विशेषगरी महिला र बालबालिकालाई आयआर्जनलगायतमा सशक्त बनाएर समृद्ध नेपाल बनाउने लक्ष्यका लागि यो परियोजना सञ्चालन गरिएको उनले बताए । राजनीतिमा महिलाको उपस्थिति घट्दै गएको, ज्यालामा महिलाले कम पारिश्रमिक पाउने, सामाजिक रुपमा महिलामाथि विभेद् हुने जस्ता लैङ्गिक विभेद न्यूनीकरण यो परियोजनामार्फत् हुनेछ ।

लैङ्गिक समानता, सामाजिक मूल्य र मान्यताको रुपान्तरण, आर्थिक श्रमअधिकार, सामाजिक सुधार र नीतिगत व्यवस्थालाई यो परियोजनाले प्राथमिकता दिएको कार्यक्रम अधिकृत आचार्यले बताए । उनले पालिका छनोट, काम गर्ने प्रक्रियाका बारेमा अवगत गराएका थिए । प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले परियोजनाले कर्णालीका १० पालिकाका महिलालाई आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा सशक्त बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको जानकारी दिए । उनले लक्ष्यअनुसार कार्यक्रम हुनेमा आफू विश्वस्त रहेको बताउँदै त्यसका लागि सम्बन्धित पालिकाले पनि सहयोग गर्नुपर्ने उल्लेख गरे ।

सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले महिला र बालबालिकाको क्षेत्रमा यो परियोजना उपयोगी हुने बताए । उनले परियोजना सफलताका लागि प्रदेश सरकारले पनि आवश्यक सहयोग र समन्वय गरिराख्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा कार्यक्रम लागू भएका पालिकाका जनप्रतिनिधिले कार्यक्रमको उपादेयताको वारेमा सुझाव दिएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : ४८ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार