पेन्टागन भन्छ- चीनले तीव्र गतिमा आणविक हतियारको विकास गर्दैछ | Khabarhub Khabarhub

पेन्टागन भन्छ- चीनले तीव्र गतिमा आणविक हतियारको विकास गर्दैछ


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वाशिंटन- चीनले यसअघि अपेक्षा गरिएकोभन्दा तीव्र गतिमा आणविक हतियारको विकास गरिरहेको पाइएको छ । अमेरिकी रक्षा प्रशासन पेन्टागनले जारी गरेको प्रतिवेदनमा चीनले अपेक्षाभन्दा तीव्र गतिमा आणविक हतियारको विस्तार गरिरहेको उल्लेख छ ।

पेन्टागनको प्रतिवेदनमा चीनले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रणलीको पनि विकास गरिरहेको जनाइएको छ ।

पेन्टागनको प्रतिवेदनलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएअनुसार चीनले विकास गरिरहेको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रले मुख्यभूमि अमेरिका, हवाई र अलास्का राज्यहरुमा पनि मार हान्ने क्षमता राख्छ ।

युक्रेनमा जारी युद्धबाट ‘पाठ सिक्दै’ ताइवानमा हुनसक्ने द्वन्द्वलाई मध्यनजर गरी चीनले आफ्नो हतियार भण्डारण विस्तार गरिरहेको गार्जियनले उल्लेख गरेको छ ।

यसबाट हिन्द प्रशान्त क्षेत्रमा दीर्घकालीन अमेरिकी सुरक्षा चासोमा गम्भीर जोखिम पैदा हुनसक्ने पेन्टागनको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा चीनले सन् २०३० सम्म १ हजार आणविक हतियार तैनाथ गर्नसक्ने जनाइएको छ ।

यसअघि गत वर्ष सन् २०२२ मा पेन्टागनले सार्वजनिक गरेको यस्तै प्रतिवेदनमा सन् २०३५ सम्म चीनले १५ सय आणविक हतियार तैनाथ गरिसक्ने जनाइएको थियो । हाल अमेरिकासँग ३ हजार ७ सय ५० सक्रिय आणविक हतियार रहेको बताइन्छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १२ : ०६ बजे

ठगी गरेको आरोपमा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ

कास्की – पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित चार जना पक्राउ

शाहरुखले तोडे प्रभासको कीर्तिमान

नयाँ दिल्ली – शाहरुख खानको फिल्म डंकीको ट्रेलर ५ डिसेम्बरमा

आन्तरिक राजस्व विभागले भन्यो– ‘स्वदेशी आलु र प्याजमा भ्याट लाग्दैन’

काठमाडौं – आन्तरिक राजस्व विभागले स्देशमै उत्पादन भएका आलु, प्याजलगायत

सन् २०३० मा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

नयाँ दिल्ली- भारत सन् २०३० मा विश्वको तेस्रो ठूलो अर्थतन्त्र

एनसेल खरिदबिक्री प्रकरणमा राजनीतिक नेतृत्वको साँठगाँठ छ : गगन थापा

काठमाडौंं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिदबिक्रीमा