पाकिस्तानद्वारा कराँची बन्दरगाहमा अफगानिस्तानका हजारौँ व्यवसायिक कन्टेनरमाथि कडाई « Khabarhub

पाकिस्तानद्वारा कराँची बन्दरगाहमा अफगानिस्तानका हजारौँ व्यवसायिक कन्टेनरमाथि कडाई


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कराँची- द्विपक्षीय सम्बन्धमा तनाव बढ्दै जाँदा पाकिस्तानले अफगानिस्तानका लागि आएका हजारौँ व्यवसायिक कन्टेनरमाथि कडाई गर्न थालेको छ । अफगानिस्तानका व्यवसायीले मगाएका हजारौँ कन्टेनरलाई पाकिस्तानले कराँची बन्दरगाहमा कडाई गर्न थालेको हो ।

अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार अफगानिस्तानका व्यवसायीले मगाएका ८ हजार ७ सयभन्दा धेरै कन्टेनरमाथि पाकिस्तानले कडाई गर्न थालेको हो ।

समाचारमा जनाइएअनुसार पाकिस्तानले कराँची बन्दरगाहमा अफगानिस्तानका कन्टेनरमाथि २ सय अमेरिकी डलरको जरिवाना तोकेको छ । यसबाट अफगानिस्तानका व्यवसायीहरुले नोक्सान व्यहोर्नुपरेको खामा प्रेसले जनाएको छ ।

‘यदी कन्टेनरलाई अफगानिस्तान जान दिइएन भने समस्याको समाधान गर्न हामीले संयुक्त राष्ट्रसंघ वा युरोपेली युनियनसँग गुहार माग्नुबाहेक अर्को विकल्प छैन ।’ चीनमा रहेको अफगान व्यवसायी संघका अध्यक्ष खान आगा गुल्जादले भने ।

यता अफगान व्यवसायीहरुले भने सरकार चलाइरहेको तालिबान प्रशासनसमक्ष कूटनीतिक माध्यमबाट समस्याको समाधान गरिदिन आह्वान गरेका छन् ।

त्यस्तै, अफगानिस्तान–पाकिस्तान संयुक्त चेम्बर अफ कमर्सले व्यवसायिक सामानको पारवहनमा कायम गरिएको अवरोधप्रति चिन्ता व्यक्त गर्दै समाधान गर्न माग गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ४ : २० बजे

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की – पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

सिरहा – सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख