अन्तर्राष्ट्रिय

समस्यामा रुसी सत्ता

By मनोज घिमिरे

December 03, 2023

सन् १९९९ देखि भ्लाडिमिर पुटिन विश्व राजनीतिमा एउटा खेलाडीको रूपमा स्थापित भएका छन्। विभिन्न चरण पार गर्दै आएका उनी राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन्। पुटिनको सफलता र वर्तमान असहज परिस्थितिका बिच देखिएको ज्याद्रोपनको मुख्य कारण सायद मार्सल आर्ट खेलाडीको रूपमा प्राप्त आत्मविश्वास नै हुनसक्छ।

कुनै समयका उनका समर्थक पनि अहिले बिच्किएका छन्। सैन्य जत्थाको रूपमा वाग्नर समूहको उदय, युक्रेनसँगको युद्ध तथा खराब आर्थिक अवस्थाका कारण रुसकै शक्ति विश्व मानचित्रमा ओरालो लाग्दै छ। शीतयुद्धको समाप्ति र संसार एकल ध्रुवमा गइरहेको समयमा चीनमा देखिएको महत्त्वाकाङ्क्षा र पुटिनको ज्याद्रोपनको कारण फेरि ध्रुवीकरणको सम्भावना नदेखिएको होइन।

सन् १९९९ देखि भ्लाडिमिर पुटिन विश्व राजनीतिमा एउटा खेलाडीको रूपमा स्थापित भएका छन्। विभिन्न चरण पार गर्दै आएका उनी राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन्।

कोभिड महामारीपछि चीनमा आएका अनेकन् समस्या र ओरालो चिनियाँ अर्थतन्त्रको यात्रा त एउटा प्रमुख कारण बनेको छ। युक्रेन युद्ध पछिको रुसको खराब अवस्थाले पश्चिमा शक्तिको पकड विश्व भू-राजनीतिमा अझ बलियो बनेको छ।

जहाँसम्म पुटिन नेतृत्वमा रुसी यात्राको प्रश्न छ, युक्रेन युद्धसँगै अनेकन् प्रश्न तेर्सिएका छन्। २४ वर्षदेखिको पुटिन सत्ता नै कतै धरमराउने त होइन भन्ने विषयमा समेत विज्ञले बहस सुरु गरिरहेका छन्।

सेनामा खर्चालु रुसी राज्यको नीतिको कारण त्यहाँको मध्यम वर्गीय जनतामा समस्या थपिएको धेरै समय भइसकेको छ। पछिल्लो समय युक्रेन माथिको आक्रमणपछि पश्चिमा देशले लगाएको आर्थिक नाकाबन्दीका कारण समस्या अझै थपिएको छ।

नाकाबन्दीको पहिलो असर सन् २०२२ को कुल गार्हस्थ्य उत्पादनमा देखिएको थियो। गार्हस्थ्य उत्पादन कम्तीमा तीन प्रतिशतले वृद्धि हुने अनुमान गरिएको सो वर्ष २ दशमलव ३ प्रतिशतमा सङ्कुचन भएपछि यसले त्यहाँ खल्लीबल्ली नै मच्चिएको थियो।

कोभिड महामारीपछि चीनमा आएका अनेकन् समस्या र ओरालो चिनियाँ अर्थतन्त्रको यात्रा त एउटा प्रमुख कारण बनेको छ। युक्रेन युद्ध पछिको रुसको खराब अवस्थाले पश्चिमा शक्तिको पकड विश्व भू-राजनीतिमा अझ बलियो बनेको छ।

परन्तु राज्य नियन्त्रित सञ्चार माध्यमले यसलाई बाहिर ल्याउन चाहेनन्। ऊर्जालाई मुख्य आम्दानीको श्रोत बताउन बञ्चित रुस अहिले ब्रेन ड्रेनको समस्याबाट ग्रसित छ। बौद्धिक जनशक्तिको विदेश पलायनले त्यहाँको अर्थतन्त्र धेरै वर्षपछि पर्ने विज्ञको अनुमान छ।

रुसले युरोप भरी हाइड्रो कार्बनको व्यापार गर्ने सोच बनाएको छ। यसले सन् २०२२ मा उच्चमा पुगेको मुद्रास्फीतिलाई घटाउने योजना सरकारको छ। सन् २०२२ मा मुद्रास्फीति १७ दशमलव ८ प्रतिशतमा पुगेको थियो।

सन् २०२२ मा घरायसी सामानको खरिदमा १० प्रतिशतले गिरावट आए पनि पूर्ण रूपमा ध्वस्त भने भइसकेको छैन। रुससँग अहिले सञ्चित भएको विदेशी मुद्राका कारण युद्ध केही समय थेग्न सक्ने र घरेलु विद्रोह भने भइहाल्छ भन्ने होइन। परन्तु, केन्द्रीय बैङ्कसँग सञ्चित तीन सय अर्ब अमेरिकी डलर वैदेशिक विनिमयका कारण केही समय घरायसी सामग्रीको अभाव नभए पनि यो दीर्घकालीन समस्या बन्नसक्छ।

एउटा कुलीन वर्गको शासनमा अघि बढिरहेको रुसमा विद्रोहको हिम्मत नागरिकमा देखिँदैन।

एउटा कुलीन वर्गको शासनमा अघि बढिरहेको रुसमा विद्रोहको हिम्मत नागरिकमा देखिँदैन। सन् २०१४ मा त्रिमिया रुसमा विलय भइसकेपछि तथाकथित सैन्य समूह सिलोभिकीले व्यवस्थापन मात्र होइन अर्थतन्त्रमा समेत प्रभाव पारेको थियो।

राज्यको संस्थापन पक्षमा रहेको त्यो समूह पनि पछिल्लो समय दुई समूहमा विभाजन भइसकेको छ। कट्टर पक्षको नेतृत्व रुसी सुरक्षा परिषद्का सचिव निकोलाई प्रुटसेभ र कम कट्टर पक्षीय सर्जी चेमेजोभले गरेका छन्।

रुस निकट श्रोतका अनुसार युक्रेनसँगको विवाद र बहससँगै सेनामा पुटिनको एकाधिकार पनि कमजोर भइसकेको छ। युक्रेनसँगको युद्धसँगै वाग्नर समूहको प्रभाव बढेको छ। यसै प्रभावका कारण सामाजिक संरचनामा समेत असर पर्दै गइरहेको छ।

पुटिनको असफलता र कमजोर अवस्थाको कारण उनी एक्लो भने पक्कै होइनन्। सूचनामा गुप्तचरको कमजोरी, सेनामा व्यवस्था तथा अन्य धेरै अप्रत्यक्ष कारण रहेको जनाइन्छ। पुटिनले अब चाल्ने कदम कस्तो हुनसक्छ ? यो गम्भीर प्रश्न हो । पण्डितको अनुमानमा केही विकल्प तेर्सिएका छन्।

पुटिनको असफलता र कमजोर अवस्थाको कारण उनी एक्लो भने पक्कै होइनन्। सूचनामा गुप्तचरको कमजोरी, सेनामा व्यवस्था तथा अन्य धेरै अप्रत्यक्ष कारण रहेको जनाइन्छ। पुटिनले अब चाल्ने कदम कस्तो हुनसक्छ ? यो गम्भीर प्रश्न हो ।

अहिलेको नाकाबन्दीको असरको बारे धेरै बहस भएको छ। एउटा साँचो के हो भने रुसको अवस्था भेनेजुएलाको जस्तो पक्कै होइन। एकै पटक त्यहाँको अर्थतन्त्र ध्वस्त भइहाल्ने अवस्था भने पक्कै छैन।

पश्चिमा देशले ग्यास लगायत केही अति आवश्यक वस्तुमाथि पूर्ण प्रतिबन्ध लगाएका छैनन्। तर पनि अन्य देशसँग आर्थिक र व्यापारिक साइनो जोड्न नै रोकिएपछि क्रमिक रूपले संरचना भत्काउने कुरामा भने विवाद हुन सक्दैन। रुसको एउटा मुख्य आम्दानीको श्रोत नै जीवाश्म इन्धन हो। जलवायु परिवर्तनको असरका कारण अहिले संसारमा नै जीवाश्म इन्धनको विकल्पमा पुन नवीकरणीय ऊर्जालाई प्राथमिकताको आवाज धेरै देशमा उठेको छ।

अहिले तेल उद्योगहरूको नाफा घट्दै गएको छ। मार्च महिनाको आँकडा हेर्दा गत वर्षको भन्दा ४० प्रतिशत गिरावट आएको छ। यसै वर्षको जुनमा सेन्टपिटर वर्गमा भएको कार्यक्रममा रुसी अर्थमन्त्री एन्टन सिलुवानोभले कर बढाउन या सामाजिक सुरक्षाको रकममा कटौती नगरे अहिलेको सेनाको खर्च धान्न नसकिने बताइ सकेका छन्।

इतिहासलाई हेर्ने हो भने रुसी सेनाको असफलता बारम्बार दोहोरिएका छन्। अफगानिस्तानबाट रुसी सेना फर्किएको तथा सोभियत सङ्घ विघटनको घटना धेरैले बिर्सिएका छैनन्।

सन् २०१४ मा त्रिमियामा सफलता पाएसँगै रुसले चीनसँग सम्पर्क बढाएको थियो। सोही वर्ष रुसको गाजप्रोम र चाइना नेसनल पेट्रोलियम कर्पोरेसनका बिच चार सय अर्ब अमेरिकी डलरको सम्झौता भएको थियो। यसले ऊर्जा क्षेत्रमा तत्कालको समयमा केही काम गरेको पनि देखिएको थियो। अहिले धेरैसँग रुसको कटु सम्बन्धको कारण चीनसँगको सहकार्य नै बनेको छ। अहिलेको समयमा चीनकै अर्थतन्त्र खराब भएपछि यसको रुसमा पनि पर्ने निश्चित छ।

सन् २०१४ मा त्रिमियामा सफलता पाएसँगै रुसले चीनसँग सम्पर्क बढाएको थियो। सोही वर्ष रुस र चाइना नेसनल पेट्रोलियम कर्पोरेसनका बिच चार सय अर्ब अमेरिकी डलरको सम्झौता भएको थियो।

युक्रेनसँग पराजित नभए पनि लामो समयको युद्धले रुसलाई प्रभाव पार्ने निश्चित छ। केही समय थेग्ने अवस्था रुसको भए पनि लामो समय थेग्न अवस्था नहुन सक्छ। सन् २०२४ को सेप्टेम्बरमा हुने निर्वाचनमा अपेक्षाकृत मत नपाए पुटिनलाई थप धक्का लाग्न सक्ने छ। निर्वाचन स्थगित भए यसले राजनीतिक अस्थिरता समेत निम्त्याउन सक्ने छ। हरेक अन्तर्राष्ट्रिय सम्मेलन पुटिनका लागि टाउको दुखाइका विषय बनेका छन्।

यस कठिन अवस्थामा पुटिनका सामु केही सम्भावना छन्। सन् २०२४ को निर्वाचनमा पुटिनले नै जित हात पार्ने तथा अझै पनि तानासाह बनीरहने एउटा सम्भावना कायम नै छ। यसो भएमा रुसको अर्थतन्त्र अझ खराब हुने र संसारमा रुस शक्तिको रूपमा नरहने प्रबल सम्भावना छ।

पश्चिमा देशले युक्रेनमा सहयोग बन्द गरे रुसले चाँडो नै जित हातपार्ने तथा अमेरिकी निर्वाचनमा ट्रम्पको जितसहित सम्बन्ध सुधार हुनसक्ने अर्को सम्भावना पनि जनाइन्छ। यसो भएमा पुटिन अझ बलियो हुन सक्ने छन्। यसका लागि चीनसँगको सम्बन्ध मुख्य बाधक हुनसक्ने छ। अर्को सम्भावना भनेको पुटिन अझ अलोकप्रिय हुने तथा सैन्य बलको भरमा सत्ता चलाउने हो। यसो भएमा तीव्र गतिमा आर्थिक क्षति तथा सामाजिक असन्तोषले रुसलाई गाँज्ने छ।

पुटिनको ओरालो यात्राको मुख्य कारण भने सन् २०१४ मा भएको चीनसँगको सहकार्य तथा युक्रेन माथिको आक्रमण नै हो।

निर्वाचनमा पराजय या अन्य कारणले पुटिन सत्ताच्युत हुने अवस्था कायम नै छ। अर्को सम्भावना भनेको जनताबाट उनी फ्याँकिने हो। देशको अर्थतन्त्र खराब भएपछि उठ्ने विद्रोहले उनी फ्याँकिने अन्तिम सम्भावना रहन्छ।

जे भए पनि वैदेशिक गुप्तचरको रूपमा काम गरेको अनुभवको आधारमा शक्तिमा उदाएका पुटिनको २४ वर्षे शासनमा रुसले शक्तिको रूपमा आफूलाई स्थापित त गर्न खोजेको थियो। परिणाममा भने खराब अर्थतन्त्र, जनजीवन र नागरिक विद्रोहको सम्भावनाको नजिक पुगेको छ। पुटिनको ओरालो यात्राको मुख्य कारण भने सन् २०१४ मा भएको चीनसँगको सहकार्य तथा युक्रेन माथिको आक्रमण नै हो। स्रोतः इन्स्टिच्युट मन्टेग्ने, हवार्ड न्युज