भारत विधानसभा निर्वाचन : तीन राज्यमा भाजपा र एकमा कांग्रेस अगाडि | Khabarhub Khabarhub

भारत विधानसभा निर्वाचन : तीन राज्यमा भाजपा र एकमा कांग्रेस अगाडि


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको पाँच राज्यमा भएको विधानसभा निर्वाचन मध्ये चार राज्यको मतगणना भइरहेको छ ।

मतगणना जारी रहेका चारमध्ये तीनवटामा भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ । भाजपाले मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा अग्रता बनाउँदा तेलंगाना राज्यमा भने कांग्रेसले अग्रता लिएको छ । मिजोरम राज्यमा भने भोलि मतगणना सुरु हुनेछ ।

पछिल्लो नतिजाअनुसार मध्य प्रदेशमा २३० सिटका लागि भएको निर्वाचनमा भाजपा १६३ सिटमा अगाडि छ भने कांग्रेसले ६४ सिटमा अग्रता बनाएको छ । यहाँ सन् २०१८ को विधानसभा निर्वाचनमा कांग्रेसले ११४ र भाजपाले १०९ सिट जितेको थियो । 

यस्तै, राजस्थानमा १९९ सिटमध्ये ११५ मा भाजपा र ७० सिटमा कांग्रेस अगाडि छ । अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसले १०० सिट जित्दा भाजपाले ७३ सिटमा विजय हासिल गरेको थियो । 

यसैगरी ९० सिट रहेको छत्तीसगढमा भाजपाले ५३ सिटमा अग्रता लिँदा कांग्रेस ३७ सिटमा अगाडि रहेको छ ।

यता, ११९ रिट रहेको तेलंगानामा कांग्रेस ६४ स्थानमा अगाडि रहँदा भाजपा ९ सिटमा अगाडि छ । यहाँ भारत राष्ट्र समिति (बीआरएस) ४१ स्थानमा अगाडि छ । तेलंगानामा सन् २०१८ मा बीआरएसले ८८ सिट जितेको थियो भने कांग्रेसले १९ र भाजपाले १ सिट मात्र जितेको थियो ।

प्रारम्भिक अग्रताअनुसार भाजपाले तीन र कांग्रेसले एकमा  जित हासिल गर्ने लगभग निश्चित जस्तै देखिएको छ । चुनावको नतिजा आजै घोषणा हुने बताइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : ५० बजे

६० अंकले बढ्यो नेप्से, कारोबार १५ अर्ब बढी 

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा उछाल आएको

युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

वासिङ्टन डिसी- नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको

यो गठबन्धन सत्ताका लागि काँध फेर्दै डुल्ने प्रवृत्तिको उपज : गोकर्ण विष्ट

काठमाडौं- नेकपा एमालेका सांसद गोकर्ण विष्टले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

मधेसका मन्त्रालयमा मुख्यमन्त्रीको छड्के, अधिकृतदेखि सचिवसम्म धेरैजसो ठूला कर्मचारी गयल

जनकपुरधाम– कर्मचारीहरू बिहान १० बजेअगावै कार्यालयमा उपस्थित हुनुपर्ने सरकारी नियम

कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा लामाको नाम तय गर्‍यो

मकवानपुर– बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकातर्फबाट संसदीय दलका नेता बहादुरसिंह