काठमाडौँ- नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले आयोजना गरेको म्याक्सचेञ्ज मेला कार्यक्रमको आइतबार अन्तिम दिन रहेको छ ।
कम्पनीको अनुसार एक्सचेञ्ज गरेर टाटा कार किन्न इच्छुक ग्राहकवर्गलाई लक्षित गरी योजना गरिएको म्याक्सचेञ्ज मेलामा उत्साहजनक सहभागिता रहेको छ ।
विशेषगरी नेपालमा टाटा नेक्सन म्याक्स गाडी किन्न चाहने ग्राहकहरूको सहभागिता अझै धेरै देखिएको छ । म्याक्सचेञ्ज मेला यही मंसिर १५ गतेदेखि सुरु भएर मंसिर १७ गतेसम्म थापाथली, सल्लाघारी लगायत नेपालभरिको सबै टाटा मोटर्सको शोरुमहरुमा आयोजना भइरहेको छ ।
आज अन्तिम दिन टाटा कारको शोरुममा गएर टाटा नेक्सन म्याक्स गाडी किन्दा पाइने आकर्षक स्किमको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
म्याक्सचेञ्ज मेलामा निःशुल्क रूपमा इभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन् ।
यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिने छ ।
प्रतिक्रिया