कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनः रोपण सुरु (तस्बिरहरु) « Khabarhub

कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनः रोपण सुरु (तस्बिरहरु)


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको काठमाडौंको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ।

महाधिवेशनका विभिन्न कार्यक्रम तथा सहभागीहरूको चहलपहलका कारण खुलामञ्चको हरियाली दुबो मासिएपछि मैदानलाई पुनः हरियाली र सुन्दर बनाउने उद्देश्यले पुनःरोपण सुरु गरिएको हो।

नेपाली कांग्रेस काठमाडौं महानगर समितिको पहलमा खुलामञ्चमा मासिएको दुबो हटाएर नयाँ दुबो रोप्ने तथा क्षतिग्रस्त स्थानको मर्मतसम्भार गर्ने काम भइरहेको छ।

खुलामञ्चको प्राकृतिक सौन्दर्य र हरियाली कायम राख्दै मैदानलाई पुरानै अवस्थामा फर्काउने लक्ष्यसहित पुनःरोपणको काम अघि बढाइएको हो। पुनःरोपणपछि खुलामञ्चको हरियाली र सौन्दर्य पुनः फर्किने अपेक्षा गरिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  १० : २४ बजे

कोप-३१ मा हिमाली र महासागरका मुद्दालाई प्राथमिकता दिन आग्रह

काठमाडौं– टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको

कांग्रेस महाधिवेशनपछि खुलामञ्चमा दुबो पुनः रोपण सुरु (तस्बिरहरु)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको

छठः गुह्येश्वरी र गौरीघाटलाई दुलहीझै सिँगारिए

काठमाडौँ– अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाउन

छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ : सभापति थापा

ललितपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान,

शेरबहादुरले आफ्नै इतिहासमा झोसेको आगो

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध वनबास गएछन् ।