दुर्गा प्रसाईंले 'नागरिक सरकार' गठन गर्ने | Khabarhub Khabarhub

दुर्गा प्रसाईंले ‘नागरिक सरकार’ गठन गर्ने


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नागरिक सरकार गठन गर्ने घोषणा गरेका छन् ।

आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाँउगाँउ वडादेखि आफूहरुको अभियानलाई शसक्त बनाउने निर्णय गरिएको जानकारी दिए ।

उनले वैदिक सनातन सापेक्ष मुलुक बनाइ राजसंस्थाको मुद्दालाई थप स्थापित गराउन मेचीमा बालेको दियो फागुन १ गते काठमाडौँको वसन्तपुरमा ज्ञानेन्द्र शाहकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र सहित परिवर्तनको घोषणा गर्ने बताए ।

आफूहरुको माग पूरा गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

उनले आफूहरुको यसअघिको आन्दोलन निकै सफल भएको भन्दै अबको आन्दोलन विकेन्द्रित हुने जानकारी दिए । उनले बैंक तथा लघुवित्त र बीमा कम्पनी राष्ट्रियकरण गर्ने, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने , अति विपन्न गरिबको ऋण मिनाहा गर्नुपर्ने, धितो फिर्ता गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्नेलगायतका माग रहेको बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  २ : ४६ बजे

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज संकलन केन्द्र 

सिन्धुपाल्चोक– कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४

परराष्ट्रमन्त्री मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवको भेट

अमेरिका – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् ।

पून्यमानलाई भेट्रान चेस उपाधि

काठमाडौं – पूर्व राष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्रप्रसाद

दुई वर्षमा बन्नुपर्ने पुल आठ वर्षमा निर्माण सम्पन्न

तुलसीपुर– दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण