पोखराका पूर्वाधार अपाङ्गतामैत्री बनाउँछौं : महानगर प्रमुख आचार्य | Khabarhub Khabarhub

पोखराका पूर्वाधार अपाङ्गतामैत्री बनाउँछौं : महानगर प्रमुख आचार्य


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले निर्माण गर्ने पूर्वाधार अपाङ्गतामैत्री बन्ने बताएका छन् । ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाद्वारा आयोजित कार्यक्रममा उनले आगामी दिनमा महानगरले निर्माण गर्ने सबै संरचना अपाङ्गतामैत्री बन्नेमा जोड दिएका हुन् ।

यस दिवसले अपाङ्गताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्ने उनको भनाइ छ । “महानगरबाट विनियोजन हुने रकमलाई कार्यविधि बनाएर प्राथमिकताका आधारमा वितरण गरिने छ”, उनले भने ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले अपाङ्गता भएकालाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिँदै समाजले अपाङ्गता भएका व्यक्तिलाई गर्ने व्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गरिन् । महानगरले अपाङ्गता भएका व्यक्तिका लागि ऐन, कानुन निर्माण गरेको र केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने सङ्घसंस्था र व्यक्तिको सुझावका आधारमा परिमार्जन गरेर जान सकिने उनले बताइन् । अपाङ्गता भएका व्यक्ति वा परिवार पाल्नुपर्ने महिलालाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत सस्तो ब्याजमा ऋण उपलब्ध गराउँदै आएको उनले बताइन् ।

‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ आयोजित कार्यक्रमका अवसरमा पोखरा महानगरको गेटबाट पोखरा सभागृहसम्म र्‍यालीसमेत गरिएको थियो ।

र्‍यालीमा पोखरामा अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधि र अपाङ्गता भएका व्यक्तिको सहभागिता थियो । कार्यक्रममा महानगरपालिका अपाङ्गता परिचपत्र वितरण समितिका सदस्य अञ्जना केसी, बालहितकारी परियोजना नेपालका निर्देशक ठाकुरप्रसाद चापागाइँ, डिडा नेपालका संस्थापक अध्यक्ष गिरधारी सुवेदी, हेमोफिलिया सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष गोविन्द भण्डारी, कोपिला नेपालका अध्यक्ष बिना सिलवाल, हरियो खर्क अस्पतालका परियोजना व्यवस्थापक विष्णु गिरी लगायतले अपाङ्गता क्षेत्रमा भएका समस्या लगायतका विषयमा आआफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ५ : ५१ बजे

सिंगपुरविरूद्ध जितनजिक नेपाल, जवाफी ब्याटिङको सुरूमै घाइते भएका थिए ओपनर सुर्यान्सु

काठमाडौं- एसीसी यू-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा सिंगापुरले नेपाललाई

सानो गौचरनलाई व्यवस्थित खेल मैदानमा रूपान्तरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका– ५ ज्ञानेश्वर नजिकै रहेको सानो गौचरन फुटबल

अमेरिकी हमलापछि इरानले हान्यो इजरायलका १४ सहरमा मिसाइल

तेहरान- अमेरिकाले इरानको फोर्डो, नतान्ज र इस्फहानस्थित तीनवटा प्रमुख परमाणु

‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ शशी लुमुम्बूलाई 

काठमाडौं– कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी