अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल « Khabarhub

अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै संवैधानिक व्यवस्थाअनुसार सार्वजनिक निकाय तथा विभिन्न कार्यस्थल अपाङ्गतामैत्री बनाइनुपर्नेमा जोड दिएका हुन् ।

उनले समाजमा विधमान सबै प्रकारका भेद्भावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने उल्लेख गर्दै विविधताले भरिएको मुलुकमा सामाजिक एकता कायम गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेद बाधक रहेकाले यसको अन्त्य गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मुलुकमा विभिन्न समयमा भएको जन आन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै सबै नागरिकलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकार रहेकाले त्यसलाई सुरक्षित गर्ने दायित्व राज्यको भएको उल्लेख गरे ।

सन् १९९२ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ६ लाख ४७ हजार सात सय ४४ छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १२ : ५८ बजे

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके– बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार

एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन

च्याम्पियन्स लिग : फाफोसविरुद्ध युभेन्टसको महत्त्वपूर्ण जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा युभेन्टस विजयी

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा– बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा म्यानचेस्टर सिटी