अफवाह फैलाएको भन्दै युट्युबसहित थप १८ मिडिया कारबाहीमा | Khabarhub Khabarhub

अफवाह फैलाएको भन्दै युट्युबसहित थप १८ मिडिया कारबाहीमा


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकृत नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको आरोपमा १८ वटा युट्युब च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने,  कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको  काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मङ्सिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मङ्सिर पहिलो साता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाइएकोमा अधिकांशबाट आगामी दिनमा सच्चिने प्रतिबद्धतासहित स्पष्टीकरण पेस भएको जनाइएको छ ।

काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पुर्‍याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्नरनगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ६ : ०५ बजे

प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी

‘सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनमा करको

इरानले इजरायलमाथि दिउँसै गर्‍यो अहिलेसम्मकै लामो आक्रमण, दक्षिणी क्षेत्रका सहरमा बिजुली बन्द

तेहरान- इजरायलसँगको लडाइँ तीव्र बन्दै गर्दा इरानले सोमबार दिउँसै ठूलो

बराहक्षेत्रको बजेट १ अर्ब बढी, कृषिलाई पर्यटनसँग जोड्ने योजना

चतरा– सुनसरीको बराहक्षेत्र नगरपालिकाले आव २०८२-८३ का लागि १ अर्ब

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन सुनचाँदी व्यवसायीको माग

काठमाडौं– सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन