प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप-२८) मा सहभागी भई स्वदेश फिर्ता भएका छन् ।

प्रधानमन्त्री दाहाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी गएका थिए ।

शनिबार सो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताएका थिए ।

उनले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई अपिल गरेका थिए ।

सम्मेलनमा उहाँले विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए । (कोप-२८) मा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत बिहीबार युएई गएका थिए ।

तस्बिर : रासस

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ६ : ५२ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट