काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप-२८) मा सहभागी भई स्वदेश फिर्ता भएका छन् ।
प्रधानमन्त्री दाहाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी गएका थिए ।
शनिबार सो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताएका थिए ।
उनले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई अपिल गरेका थिए ।
सम्मेलनमा उहाँले विभिन्न देशका समकक्षीहरुसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए । (कोप-२८) मा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत बिहीबार युएई गएका थिए ।
तस्बिर : रासस
प्रतिक्रिया