१३ वर्षमा एनसेलले कति कमायो ? एनटीसी १० वर्षदेखि दोस्रो (तथ्यांकसहित) | Khabarhub Khabarhub

१३ वर्षमा एनसेलले कति कमायो ? एनटीसी १० वर्षदेखि दोस्रो (तथ्यांकसहित)


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियाको आजियाटा कम्पनीले एनसेलबाट आफ्नो लगानी झिकेपछि अहिले निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल विवादमा परेको छ ।

एनसेल निरन्तर घाटामा जान थालेकाले आजियाटाले वैदेशिक लगानी झिकेको भनिए पनि एनसेलको विगत १३ वर्षको आम्दानी हेर्दा यसलाई घाटामै गएको भन्न सकिने अवस्था छैन । यस सम्बन्धमा खबरहब डटकमले विगत १३ वर्षयता एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमको आम्दानी विवरण फेला पारेको छ ।

आर्थिक वर्ष ०६६/०६७ मा सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको वार्षिक आम्दानी २५ अर्ब थियो । त्यसबेला ७ अर्ब ८९ करोड मात्र थियो । अहिले तेह्र वर्षपछि एनसेलको वार्षिक आम्दानी सरकारी स्वामित्वको नेपाल टेलिकमभन्दा अर्बौं बढी छ । अनुमान गर्नोस् यो अवधिमा एनसेलले नेपालबाट कति कमायो होला ।

आर्थिक वर्ष ०६७/०६८ मा एनसेलको वार्षिक आम्दानी ७ अर्बबाट १७ अर्बमा उक्लियो । जबकि एनसेलले १० अर्ब बढी आम्दानी गर्दा नेपाल टेलीकमको आम्दानी १ अर्बमात्र थपिएर २५ अर्ब पुग्यो । अघिल्लो वर्ष एनसेल र टेलिकमको आम्दानीको भिन्नता १८ अर्बको हाराहारीमा थियो । एकैवर्षमा यो ग्याप पुरिएर ९ अर्बको मात्र भिन्नता देखियो ।

आर्थिक वर्ष ०६८/०६९ मा एनसेलले वार्षिक आम्दानी १७ अर्बबाट बढाएर २९ अर्ब पुर्यायो । नेपाल टेलिकमको आम्दानी २६ अर्बबाट ३२ अर्ब पुग्यो । दुई कम्पनीवीचको फरक ३ अबमा खुम्चियो । र, यो पनि नभुलौं, सरकारी स्वामित्वको नेपाल टेलिकमले एनसेललाई जितेको यो नै अन्तिम वर्ष बन्न पुग्यो ।

हेर्नुहोस् चार्ट

आर्थिक वर्ष ०६९/०७० मा एनसेलले ३८ अर्ब ७६ करोड आम्दानी गर्दा नेपाल टेलिकम ३४ अर्बमा खुम्चियो । आर्थिक वर्ष ०७०/०७१ एनसेलले ४८ अर्ब ४१ करोड आम्दानी गर्दा नेपाल टेलिकमले ३५ अर्ब ५५ करोड आम्दानी गर्‍यो ।

आर्थिक वर्ष ०७१/०७२ मा एनसेलले ५५ अर्ब ७२ करोड आम्दानी गर्‍यो भने टेलिकमले ३९ अर्ब २५ करोड आम्दानी गर्‍यो। त्यस्तै, ०७२/०७३ मा एनसेलले ५७ अर्ब ७२ करोड आम्दानी गर्दा सरकारी स्वामित्वको टेलिकमले ४० अर्ब ७० करोड आम्दानी गरेको देखिन्छ ।

आर्थिक वर्ष ०७३/०७४ मा विदेशीको लगानी रहेको एनसेलले ५६ अर्ब ९६ करोड आम्दानी गर्दा टेलिकमको आम्दानी अघिल्लो वर्षको भन्दा पनि घटेर ४० अर्ब ३१ करोडमा खुम्चियो ।

त्यसैगरी आर्थिक वर्ष ०७४/०७५ मा एनसेलले ५९ अर्ब ६९ करोड कमाउँदा नेपाल टेलिकमको आम्दानी झनै घटेर ३८ अर्ब ९९ करोडमा खुम्चियो ।

एनसेलले यो वर्ष अहिलेसम्मकै बढी नाफा कमाएको थियो । त्यसवताका वर्षहरुमा भने उसको नाफा केही घटेको देखिए पनि हरेक वर्ष एनसेलले नेपाल टेलिकमको भन्दा बढी नाफा कमाइरहेको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा एनसेलको आम्दानी ५५ अर्ब २८ करोड बन्यो । नेपाल टेलिकमको आम्दानी ३६ अर्ब ७६ करोडमा सीमित भयो ।

आर्थिक वर्ष ०७६/०७७ मा एनसेलले ४६ अर्ब ७६ करोड आम्दानी गर्दा टेलिकमले ३४ अर्ब ४३ करोड मात्र कमायो । त्यस्तै आर्थिक वर्ष ०७७/०७८ मा एनसेलले ४० अर्ब २२ करोड कमायो भने नेपाल टेलिकमले ३५ अर्ब ३४ करोड कमायो ।

आर्थिक वर्ष ०७८/०७९ मा एनसेलको वार्षिक कमाइ ३९ अर्ब ५० करोड भयो भने एनसेलको आम्दानी ३७ अर्ब ५१ करोड रहेको नेपाल दूरसञ्चार प्राधिकरणको भनाइ छ ।

विसं २०६१ साल भदौ १६ मा दुरसञ्चार प्राधिकरणबाट २५ वर्षका लागि लाइसेन्स पाएको एनसेलको सम्झौता अवधि २०८६ भदौ १६ मा सकिनेछ । सम्झौता सकिएपछि कम्पनी नेपाल सरकारलाई सुम्पने सम्झौता विपरीत त्यसअघि नै लगानी झिकेर सरकारलाई डुबाउने चलखेल शुरु भएको हो ।

केही प्रश्नहरु

एनसेलमा मुख्य लगानी रहेको आजियाटाले सन् २०१६ मा ५९ अर्ब ७० करोड देखाएकोमा त्यसयता निरन्तर घाटामा गइरहेको तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

नेपालमा सामाजिक सञ्जाल, ओटीटीको प्रयोग बढेकाले वर्षेनि घाटा व्यहोर्नुपरेको तर्क गरिए पनि उसको लगानी रहेको श्रीलंका, बंगलादेश, कम्बोडिया, इण्डिोनेसिया र मले्सियामा भने घाटामा गएको तर्क गरिएको छैन । आखिर नेपालमा मात्रै के कारणले घाटामा गयो ?

जबकि आजियाटाले आफ्नो लगानी रहेका ६ वटा देशमध्ये श्रीलंकाबाट सन् २०१६ मा ८६ लाख ७० करोड आम्दानी गरेको थियो भने सन् २०२२ मा ७८ अर्ब १० करोड आम्दानी गरेको थियो ।

आजियाटाले सन् २०२२ मा बंगलादेशबाट ५२ अर्ब ७० करोड आम्दानी गरेको छ भने इण्डोनेसियाबाट २ खर्ब ९२ अर्ब नाफा गरेको तथ्यांक छ । मलेसियामा पनि ६ अर्बको मुनाफा घटेको छैन । तर।, नेपालबाट किन मुनाफा घट्यो ? प्रश्न उठाउने ठाउँ छ ।

अर्को रहस्य त के पनि छ भने आजियाटाले घाटामा गएको भन्दै अर्बौं रुपैयाँ फिर्ता लगिरहँदा सत्ता गठबन्धन दलका नेताहरु र सरकार मौन बसेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मौनता साँधेको लामो समय भइसकेको छ ।

यसैवीच, संसदको सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल प्रकरण नेपालको अहिलेसम्मकै ठूलो भ्रष्टाचार काण्ड भएको बताए ।

सांसद सिंहले खबरहबसँग भने, ‘नेपालको इतिहासमा यो अहिलेसम्मकै ठूलो भ्रष्टाचार हो । यो देशको नीति निर्माण तहमा माफिया तन्त्र हावी भएको  प्रमाण हो । आजियाटाबाट कमिसन खाएर नेताहरुले जुन कार्य गरेका छन्, यसले नेपालमा अब विदेशी लगानीलाई निरुत्साहित गर्ने खतरा बढेको छ ।’

यसैवीच आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद सिंहले अबको चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनशाय राखेर खरिद बिक्री भएको बताए ।

यो पनि पढ्नुहोस्-

 

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : ४८ बजे

तनहुँको व्यास नगरपालिका निर्वाचनको पुनःमतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं – स्थानीय तह निर्वाचन भएको दुई वर्षपछि उच्च अदालत

नेपाल प्रहरीका ६४ सईको बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी नायव निरीक्षक

पाथीभरा केबलकार निर्माण विरोधमा भोलि र पर्सी तमोर कोरिडोर बन्द घोषणा

काठमाडौं – पाथीभरा केबलकार निर्माण विरोध गर्दै भोलि र पर्सी

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का

पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्ने घोषणा

एजेन्सी – देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले