चितवनमा मङ्सिर २२ र २३ गते गोही संरक्षण मेला हुने « Khabarhub

चितवनमा मङ्सिर २२ र २३ गते गोही संरक्षण मेला हुने


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

चितवन – अति सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षण गर्ने उद्देश्यले चितवनमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना हुनेभएको छ ।

उक्त गोही मेला चितवनको पर्यटकीय क्षेत्र सौराहामा यही मङ्सिर २२ र २३ गते हुने भएको हो । गोही प्रजातिको प्रभावकारी संरक्षण स्थानीय समुदायको सहभागिता वैज्ञानिक सुचना र जानकारीका साथै समग्र गोही प्रजातिको दिगो संरक्षण रणनीति तयार र नयाँ पीढीमा संरक्षण संस्कृतिको विकास गर्नको लागि मेलाको आयोजना गरीएको संयोजक रञ्जना भट्टले बताइन् ।

केयर अफ नेचरको आयोजनामा २ दिनसम्म हुने गोही मेलामा गोही प्रजातिको सूचनामूलक श्रव्य दृश्य सामग्री पोस्टर चित्रकला तथा सुचना केन्द्रको अवलोकनका साथै स्थानीय कला संस्कृति खानाका परिकार लगायतका स्टल रहनेछन् ।

गोही मेलाले पर्यटकलाई आकर्षण गर्नुका साथै गोही प्रजाति संरक्षणमा मद्दत पुग्ने बागमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताए ।

नेपालमा घडियाल र मगर २ प्रजाति गोही पाइने गरेको छ । यी गोहीको सङ्ख्या घट्दो क्रममा रहेको छ । नेपालमा घडियाल गोही २ सय ३९ वटा रहेको छ भने मगर गोही गणना हालसम्म भएको छैन ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : २७ बजे

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन