चितवनमा मङ्सिर २२ र २३ गते गोही संरक्षण मेला हुने « Khabarhub

चितवनमा मङ्सिर २२ र २३ गते गोही संरक्षण मेला हुने


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

चितवन – अति सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षण गर्ने उद्देश्यले चितवनमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना हुनेभएको छ ।

उक्त गोही मेला चितवनको पर्यटकीय क्षेत्र सौराहामा यही मङ्सिर २२ र २३ गते हुने भएको हो । गोही प्रजातिको प्रभावकारी संरक्षण स्थानीय समुदायको सहभागिता वैज्ञानिक सुचना र जानकारीका साथै समग्र गोही प्रजातिको दिगो संरक्षण रणनीति तयार र नयाँ पीढीमा संरक्षण संस्कृतिको विकास गर्नको लागि मेलाको आयोजना गरीएको संयोजक रञ्जना भट्टले बताइन् ।

केयर अफ नेचरको आयोजनामा २ दिनसम्म हुने गोही मेलामा गोही प्रजातिको सूचनामूलक श्रव्य दृश्य सामग्री पोस्टर चित्रकला तथा सुचना केन्द्रको अवलोकनका साथै स्थानीय कला संस्कृति खानाका परिकार लगायतका स्टल रहनेछन् ।

गोही मेलाले पर्यटकलाई आकर्षण गर्नुका साथै गोही प्रजाति संरक्षणमा मद्दत पुग्ने बागमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताए ।

नेपालमा घडियाल र मगर २ प्रजाति गोही पाइने गरेको छ । यी गोहीको सङ्ख्या घट्दो क्रममा रहेको छ । नेपालमा घडियाल गोही २ सय ३९ वटा रहेको छ भने मगर गोही गणना हालसम्म भएको छैन ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : २७ बजे

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।