विश्व इतिहासमा आजः बर्माको स्वतन्त्रतादेखि अमेरिकामा पहिलो महिला सभामुखसम्म « Khabarhub

विश्व इतिहासमा आजः बर्माको स्वतन्त्रतादेखि अमेरिकामा पहिलो महिला सभामुखसम्म


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२३ को ४ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

दुबईको बुर्ज खालिफा सर्वसाधारणका लागि खुला

सन् २०१० मा दुबईको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा सर्वसाधारणका लागि खुला गरिएको थियो। ८२९ दशमलब ८ मिटर ९२७२२ फिट० सो भवन अहिले विश्वकै सबैभन्दा अग्लो भवन हो।

रुसको कृत्रिम स्याटलाइट

सन् १९५८ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको कृत्रिम स्याटलाईट स्पुतनिक १ पृथ्वीमा खसेको थियो। सोभियत युनियन अन्तरिक्षमा कृत्रिम स्याटलाईट पठाउने विश्वकै पहिलो देश हो।

बर्माको स्वतन्त्रता

सन् १९४८ मा बर्माले बेलायतबाट स्वतन्त्रता पाएको थियो। बर्मा सन् १८८६ को १ जनवरीदेखि बेलायतको अधिनमा थियो।

अमेरिकाको ४५ औं राज्य

सन् १८९६ मा उताह अमेरिकाको ४५ औं राज्य बनेको थियो।

अमेरिकाको पहिलो सभामुख

सन् २००७ मा अमेरिकी राजानीतिज्ञ नेन्सी पेलोसी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सभामुख बनेकी थिइन्। नेन्सी अमेरिकी इतिहासमै पहिलो महिला सभामुख हुन्।

सर आइजेक न्युटनको जन्म

सन् १६४३ को ४ जनवरीमा भौतिकशास्त्री तथा गणितका पिता सर आइजेक न्युटनको लन्डनमा जन्म भएको थियो। उनको सन् १७२७ को ३१ मार्चमा मृत्यु भएको थियो।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ६ : ०८ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी