विश्व इतिहासमा आजः बर्माको स्वतन्त्रतादेखि अमेरिकामा पहिलो महिला सभामुखसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आजः बर्माको स्वतन्त्रतादेखि अमेरिकामा पहिलो महिला सभामुखसम्म


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२३ को ४ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

दुबईको बुर्ज खालिफा सर्वसाधारणका लागि खुला

सन् २०१० मा दुबईको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा सर्वसाधारणका लागि खुला गरिएको थियो। ८२९ दशमलब ८ मिटर ९२७२२ फिट० सो भवन अहिले विश्वकै सबैभन्दा अग्लो भवन हो।

रुसको कृत्रिम स्याटलाइट

सन् १९५८ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको कृत्रिम स्याटलाईट स्पुतनिक १ पृथ्वीमा खसेको थियो। सोभियत युनियन अन्तरिक्षमा कृत्रिम स्याटलाईट पठाउने विश्वकै पहिलो देश हो।

बर्माको स्वतन्त्रता

सन् १९४८ मा बर्माले बेलायतबाट स्वतन्त्रता पाएको थियो। बर्मा सन् १८८६ को १ जनवरीदेखि बेलायतको अधिनमा थियो।

अमेरिकाको ४५ औं राज्य

सन् १८९६ मा उताह अमेरिकाको ४५ औं राज्य बनेको थियो।

अमेरिकाको पहिलो सभामुख

सन् २००७ मा अमेरिकी राजानीतिज्ञ नेन्सी पेलोसी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सभामुख बनेकी थिइन्। नेन्सी अमेरिकी इतिहासमै पहिलो महिला सभामुख हुन्।

सर आइजेक न्युटनको जन्म

सन् १६४३ को ४ जनवरीमा भौतिकशास्त्री तथा गणितका पिता सर आइजेक न्युटनको लन्डनमा जन्म भएको थियो। उनको सन् १७२७ को ३१ मार्चमा मृत्यु भएको थियो।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ६ : ०८ बजे

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट