रोनाल्डोलाई सार्वजनिक गर्यो साउदीको क्लब अल नसरले « Khabarhub

रोनाल्डोलाई सार्वजनिक गर्यो साउदीको क्लब अल नसरले


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी अरेबियाको क्लब अल नसरले विश्व फुटबलका चर्चित फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गरेको छ । घरेलु मैदान म्रसोल पार्कमा विशेष समारोह गरेर अल नसरले रोनाल्डोलाई आफ्नो जर्सीमा सार्वजनिक गरेको हो ।

रोनाल्डो सार्वजनिक हुने समारोहमा उनका हजारौं समर्थक उपस्थित थिए । रोनाल्डोले साउदी क्लब आफ्नो लागि नयाँ चुनौती भएको बताएका छन् । रोनाल्डोले प्रतिस्पर्धात्मक लिगका लागि आफू चुनौतीको सामना गर्दै साउदी आएको उल्लेख गरेका छन् । उनले यो आफ्नो अन्तिम लिग नभएको प्रष्ट पारेका छन् ।

रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा दुई वर्षका लागि अनुबन्ध भएका हुन्। पोर्चुगल फुटबलका सुपरस्टार रोनाल्डोसँग यो सिजनको सबैभन्दा ठूलो सम्झौता भएको हो। साउदी क्लबमा रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा जस्तै ७ नम्बरको जर्सी लगाउने छन्।

३७ वर्षीय पोर्चुगिज स्टारसँग गत महिना म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडिएको थियो। रोनाल्डो र अल नासर बीचको वार्ता नोभेम्बरमा विश्वकपको समयमा सुरु भएको थियो।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ६ : ५२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा