आगलागी हुँदा दुई जनाको जलेर मृत्यु, ५० लाखको क्षति | Khabarhub Khabarhub

आगलागी हुँदा दुई जनाको जलेर मृत्यु, ५० लाखको क्षति


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पाँचथर – फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्यदुई जना घाइते भएका छन्।

स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ : ३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भने भाग्न सफल भएका थिए। आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित रु ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने उनले बताए। अन्य कारण नदेखिएको हुँदा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ।

आगलागी नियन्त्रणका लागि रानीटारस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको पाँच जनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमाण्डमा थप २५ प्रहरी परिचालन गरिएको थियो।

स्थानीयवासी, दुईवटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी तीन घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अग्निपीडितलाई छिमेकीको घरमा राखिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश गैरे, फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले, फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेलगायतको टोली घटनास्थल पुगी पीडितलाई जिल्ला दैविक विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत खाद्यान्न तथा लत्ताकपडा दिने तयारी भइरहेको बताइएको छ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ८ : ०५ बजे

एक डाक्टर विदेशिएपछि सामाजिक सञ्जालमा तरंग !

काठमाडौं– एक डाक्टरले देश छोडेको हल्लाले सामाजिक सञ्जाल तातेको छ

राष्ट्रपतिसमक्ष विभिन्न मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले

काश्मीरमा भीषण बाढी, कम्तीमा ३४ जनाको मृत्यु

एजेन्सी– भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको

सचिवालयको स्पष्टीकरण- न्यायपरिषद्‍मा रविविरुद्धको उजुरी गृहमन्त्रीको कार्यकक्षमा तयार गरिएको होइन

काठमाडौं – गृहमन्त्री रमेश लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा

बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८