काठमाडौँ – जोना रोड्रिगुयजका लागि क्युबाली सरकारले हालसालै महिलालाई बक्सिङ खेल्न छुट दिने निर्णय गरेको छ। उनको उत्कृष्ट जीवनको सुरुवातको आशा पलाएको छ। परन्तु, यो पूर्ण भने होइन।
३० बर्सिया उनले ओलम्पिक र विश्व बक्सिङ च्याम्पियनसिप जित्ने सम्भावना कमै छ। अहिले रेस्टुरेन्टमा बाउन्सरको रूपमा कार्यरत उनका लागि फेरी यो काम छाडेर खेलाडी जीवन चयन गर्नु जीवनमा लिएको एउटा भयानक जोखिम मात्र पनि हुन सक्थ्यो।
जुन जोखिमले अर्थोपार्जनको अहिलेको माध्यम पनि गुम्ने र खेलकुदलाई क्यारियरको रूपमा अघि बढाउँदा पनि केही उपलब्धि नहुने सम्भावना पनि थियो। उनले प्रतियोगिता खेल्ने चाहनालाई नै पहिलो प्राथमिकतामा राखेकी छिन्।
कोलम्बियाको शीर्ष हेभिवेट मुक्केबाज जोनाका लागि त्यस देशमा शीर्ष खेलाडी फेलिक्स साभोन र टेफेलोस्टेभेन्सनको समकक्षमा पुग्ने सम्भावना पनि फिटिक्कै नभएको भने होइन।
“यो परिवर्तित नियमले धेरै कुरा परिवर्तन गर्न भने सक्छ” राजधानी हवानामा रहेका डिन्गी जिममा कठोर प्रशिक्षण सकेर फर्के पछि उनले भनिन्। उनकै विचारमा यो परिवर्तित नियमले क्युबामा रहेको महिला र पुरुष बिचको धेरै भेदभावलाई अन्त्य पनि गरेको छ।
उनलाई फेरी अन्तर्राष्ट्रिय एरेनामा आफूलाई समाहित गर्ने जोस र जाँगर चलेको छ। क्युबा सरकारले दश वर्ष पछि यो महत्त्वपूर्ण निर्णय गरे पछि उनले आफ्ना प्रशिक्षक नामिबिया फ्लोरेसलाई पहिलो कल फोन गरेकी थिइन्।
सन २०१२ को लन्डन ओलम्पिकमा पहिलो पटक महिला बक्सिङलाई समावेश गरिएको थियो। त्यसको केही वर्ष पछि नामिबिया बक्सिङमा सुन्दर भविष्यको खोजी गर्दै बिदेसिने तरखरमा रहेकै समयमा जोनाले पहिलो पटक भेटेकी रहिछिन्।
त्यसको केही समयमा नै उनी फेरी आफ्नै घरमा फर्किएकी हुन। पाको उमेरमा बाबजुद उनले फेरी ओलम्पिकको सपना देख्न थालेकी छिन्।
नामिबियाकै विचारमा पनि यो उनको शिष्यका सुख दुखको अनौठो संयोग हो। दुई दशक भन्दा बढी समय देखि बक्सिङ खेल्ने गरेकी उनकी शिष्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउनु दुखद थियो।
त्यो अवसर फेरी आउने सम्भावना देखिनु भने पक्कै पनि खसीको कुरा हो। अचम्मको कुरा के हो भने क्युवाले महिला बक्सरलाई भर्खरै खुला गरे पनि समग्रमा सबै भन्दा धेरै बक्सिङको ओलम्पिक स्वर्ण पदक जित्ने देश क्युबा नै हो।
संसारका अन्य देशले महिला मुक्केबाजलाई प्राथमिकता दिए सँगै क्युवाले भने कसिलो नियमलाई यथावतै राखेको थियो। यस समयमा क्युवाले आन्तरिक रूपमा भने केही प्रोफेसनल मुक्केबाजको स्वरूप तयार गरेको थियो। यसको नेतृत्व राहुल क्यास्ट्रोको श्रीमती भिल्मा अस्मिनले गरेकी थिइन्।
पूर्व क्युवाली राष्ट्रपतिकी श्रीमती फेडेरेसन अफ क्युबन ओमनको प्रमुख समेत हुन्। उनले क्युबाका महिलालाई छाउन उपयुक्त हुने र हेर्दा समेत सुन्दर हुने भएका कारण प्रोफेसनल मुक्केवाजीलाई प्राथमिकता दिएकी थिइन्।
यसै बिचमा सर्वत्र लैङ्गिक समानताका कुरा उठ्न थाले पछि उनलाई पनि लचिलो शासन व्यवस्था र एमच्योर बक्सिङमा क्युवाली महिलाको उपस्थिति महत्त्वपूर्ण हुन सक्ने ठहर हुन थाल्यो।
गत महिना पहिलो महिला राष्ट्रिय टोलीको निर्माणको क्रममा बहस भएको थियो। त्यसै बहसले एक भरपर्दो प्रतियोगिताको आवश्यकता ठहर गरी सकेको छ।
धेरै वर्ष देखि ठुला प्रतियोगितामा क्युवाली महिलाले पुरुषले खेलेको मात्र हेरेर बसेका थिए। अब महिलाले खेलेको पुरुषले पनि हेरेर बस्ने भएका छन्। जुन महिनामा क्षेत्रीय खेल महोत्सवको रूपमा सेन्ट्रल अमेरिकन गेम्स हुँदै छ। यसका लागि ७ तौल समूहको छनोट भइसकेका छ।
यसमा एडामेली मोरेनो हेभिवेटमा छनोट भएकी थिइन्। “पछिल्लो समय बक्सिङमा क्युवाले उत्कृष्ट र सानदार प्रदर्शन गरेको छ”, उनले भनिन् “यसलाई निरन्तरता दिन पनि महिला मुक्केबाजले आफूलाई बढी तयार गर्न जरुरी छ।”
क्युवाली महिलामा अहिले नै यसको पर्याप्त ज्ञान भएका कारण चाँडो नै अन्तर्राष्ट्रिय एरेनामा प्रभाव जमाउने सम्भावना बलियो बनेको छ।
“अनुभवीहरूको सल्लाह र मार्ग निर्देशनलाई पछ्याउँदै कडा परिश्रम गर्दा क्युवाली महिलाको बक्सिङमा उज्ज्वल भविष्य छ। यो सबै प्रयासले सकारात्मक परिणाम ल्याउने विश्वास पनि जागेको छ”, उनले भनिन्।
उनीहरूमा अन्य प्रतिस्पर्धी र मुक्केबाजमा भन्दा बढी जोस र जाँगर पलाएको छ। केही गर्ने हिम्मत जागेको छ। साँच्चै भन्नु पर्दा सफलता पाउने भोक लागेको छ।
शीत युद्धको अन्त्य पछि क्युबा अहिले सबैभन्दा धेरे आर्थिक सङ्कटमा गुज्रिएको छ। मुक्केबाजका लागि ग्लोब, पन्चिङ ब्याग र डोरी जस्ता विषय पनि सहजै उपलब्ध हुने छैनन्। एलाइट मुक्केबाजहरूको पकड भए पनि त्यहाँ पर्याप्त भिटामिन पाउन समेत खेलाडीलाई समस्या हुन सक्छ।
“हामी धेरै नै मेहनत गर्ने छौ। ” पाएको अवसरकै बारेमा जोना रोड्रीगयुजको कथन हो या। उनलाई पनि प्रशिक्षणका लागि आधारभूत आवश्यकता पुरा गर्न कठिन छ। साथमा ८ वर्षीय छोरीको जिम्मेवारी त काँधमा छदै छ। वर्षौँ देखि क्युवाली महिला माथि प्रतिबन्ध लागे पनि त्यहाँका महिला मुक्केबाजको लगाव र महे नतको नतिजा देखिने उनको विश्वास छ। आखिर उनीहरू कमसे कम त्यस टापुबाट बाहिर निस्केर एक पटक खुला रूपमा पन्च प्रहार गर्न पाउने भएका छन्।
अहिले क्युबामा आएको यो परिवर्तनमा धेरैले तीनै नामिबिया फ्लोरस रोड्रगुयजलाई सम्झन थालेका छन्। उनले चालेको कदममै केन्द्रित भएर विगतमा नै क्युबामा महिला बक्सिङ क्रान्तिको रूपमा एउटा डकुमेन्ट्री बनेको थियो। सो डकुमेन्ट्री एकदमै लोकप्रिय समेत भएको थियो। सन् २०१२ को लन्डन ओलम्पिक देखि नै उनमा क्युबाली महिलाले यो अवसर किन नपाउने भन्ने प्रश्न उब्जिएको थियो। यो प्रश्नसँगै उनी देश छाडेर हिँडेकी थिइन्।
त्यसै समयमा अन्तर्राष्ट्रिय क्युबामा महिला मुक्केवाजी खुला नभएको समयमा समेत उनले पुरुष मुक्केबाजसँग रहेर प्रशिक्षण गर्ने गरेकी थिइन्। आफैले धेरै महिला मुक्केबाजलाई प्रशिक्षण गराइन्।
उनको त्यो प्रयास र मेहनतको असर अबको दिनमा देखिन सक्ने सम्भावना क्युबामा खेलकुदलाई हेर्नेहरूले व्यक्त गरेका छन्। बक्सिङमा महिला उपस्थिति धेरै लामो प्रयासका कारण मात्र सम्भव भएको थियो।
पछिल्लो समय क्युबामा धेरै संकट देखिएको छ। सङ्कटसँगै विद्रोह पनि देखिएको छ। गत जुलाईमा क्युबामा त्यसै किसिमको ठुलो जन विद्रोह भएको थियो। त्यसै विद्रोहमा एक व्यक्तिको ज्यान समेत गएको थियो। धेरै जनालाई सोही समयमा जेल चलान गरिएको थियो।
क्युबामा धेरै कुराको प्रतिबन्ध छ। त्यस प्रतिबन्धलाई पनि स्वीकार गरेका क्युवाली जनताका लागि पछिल्लो समय आर्थिक समस्याले पनि गाँज्न थाले पछि सहनै कठिन हुने पिडाले सताउन थालेको छ।
राज्यमा यी यावत समस्याको निराकरण गर्न असफल रहेको सत्तामा लागि महिला बक्सरले उठाउने गरेको बारम्बारको आवाजले झस्काइ रहन्थ्यो। यसै बिच बाध्य भएर क्युवाली सरकार आफ्नो पूर्ववर्ती अडानबाट पछि हटेको थियो।
अहिले आएको यो निर्णयका बाबजुद क्युवाली महिला बक्सरका लागि अत्यन्त सहज त हुने छैन। त्यहाँ रहेको आर्थिक सङ्कटले उनीहरूको नियमित प्रशिक्षणको प्रक्रियालाई पक्कै पनि केही अवरोध सृजना गर्ने छ। तथापि उनीहरूमा आशा गर्ने धेरै कुरा पलाएको छ। यसको नतिजा त अबको केही महिना देखि नै सायद पक्कै देखिने छ।
(स्रोत : बीबीसी ,रेमेजक्ला)
प्रतिक्रिया