जरायो मारेको आरोपमा प्रदेशसभा सदस्य जयसवालसँग बयान | Khabarhub Khabarhub

जरायो मारेको आरोपमा प्रदेशसभा सदस्य जयसवालसँग बयान


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बारा – पर्सा राष्ट्रिय निकुञ्जका अनुसन्धान अधिकारीहरूले जरायो मारेको आरोप लागेका प्रदेश सभा सदस्य प्रमोद जयसवालसँग मंगलबार बयान लिएका छन्।

सोही घटनाको आरोपमा गाउँपालिका पूर्वअध्यक्ष प्रदीप जयसवालको बयान लिन बाँकी रहेको आरक्ष कार्यालय आधाभार बाराका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए।

प्रमोद ४ मंसिरको चुनावमा पर्सा ३ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। निकुञ्जको टोलीले जयसवालको नाममा रहेको फार्म हाउसमा गाडेको अवस्थामा चित्तलको टाउको, गोलीगठ्ठा, नाइट भिजन बाइनाकुलरलगायत सिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो।

सिकार खेल्न जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी प्रयोग भएको निकुञ्ज स्रोतको दाबी छ। जयसवाल इन्टरप्राइजेज सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालको नाममा दर्ता छ।

४ पुस राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित आरक्षको कोर जंगलमा जम्काभेट भएको थियो। सेनाको टोलीलाई देखेपछि भागेका सिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँचजनालाई पक्रेको थियो। भागेका सिकारीलाई पछ्याउँदै गएको सेनाको टोलीले फार्म हाउसमा छापा मार्दा सिकारमा प्रयोग हुने थप सामग्री बरामद गरेको थियो।

सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यसदिन सिकारमा संलग्न रहेको आरोपमा पाँचजनासहित दुईवटा गाडी, सिकार खेल्न प्रयोग हुने सामग्री, सिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउकोलगायत सार्वजनिक गरेको थियो।

अनुसन्धानका लागि काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा कांग्रेस नेता श्याम खड्कालाई पनि निकुञ्जले बोलाएको छ। खड्काको नाममा रहेको बन्दुक सिकारीको टोलीबाट बरामद भएपछि उनलाई पनि अनुसन्धानका लागि बोलाइएको हो।

काठमाडौं घर भएका खड्काको पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ अकुवनियामा माछापोखरी छ। उनी अझैसम्म पनि बयानका लागि उपस्थित नभएको सूचना अधिकारी खड्काले जानकारी दिए। खड्काले मंगलबार एक विज्ञप्ति जारी गरी सो घटनामा आफ्नो कुनै संलग्नता नभएको जानकारी गराएका छन्। सो घटना हुँदा आफू काठमाडौँमै रहेको र सिकारमा प्रयोग गरेको बन्दुक आफ्नै लाइसेन्स प्राप्त भएको तर त्यो कसरी त्यहाँ पुग्यो भन्ने विषय अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १० : ०८ बजे

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र