प्रदुषण फैलाएको भन्दै लुम्बिनी चिनी मिलमा स्थानीयद्वारा तालाबन्दी « Khabarhub

प्रदुषण फैलाएको भन्दै लुम्बिनी चिनी मिलमा स्थानीयद्वारा तालाबन्दी


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बुटवल– पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले ताला लगाइदिएका छन् । उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् । खरानीसहितको कालो धुँलोको कारण सास्ती खेप्दै आएका स्थानीयले पटकपटक उद्योगलाई प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् ।

उद्योग सञ्चालनका क्रममा ईन्धनको रुपमा प्रयोग गरिने भुसबाट कालो धुलोको कणहरू सुनवल क्षेत्रमा फैलने गरेको छ । धुँलोले बालीनाली र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै बुधबार स्थानीयको एक समूहले उद्योगमा तालाबन्दी गरी समस्या समाधान नभएसम्म उद्योग नचलाउन चेतावनी दिएको स्थानीय जीवन पौडेलले बताए ।

मानव स्वास्थ्यमा मात्रै होइन् धुँलोका कारण कपडा सुकाउन समेत नहुने अवस्था छ । साथै, हिडडुँल गर्न पनि अप्ठ्यारो भएको स्थानीयको भनाइ छ । उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले आफुहरुले प्रदुषण नियन्त्रणका लागि उपकरण खरिद प्रक्रिया सुरु गरेको बताउँदै केही दिनभित्रै समस्या समाधान हुने बताए । उद्योगले केही दिन अगाडिबाट उखु क्रसिङ्ग सुरु गरेपछि प्रदुषण फैलिएको हो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १२ : ३८ बजे

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म