अलपत्र बहुउद्देश्यीय सभाहल लागूऔषध सेवनकर्ताको अखडा  « Khabarhub

अलपत्र बहुउद्देश्यीय सभाहल लागूऔषध सेवनकर्ताको अखडा 


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला सदरमुकाममा रहेको निर्माणाधीन बहुउद्देश्यीय सभाहल लागूऔषध सेवनकर्ताको अखडा बनिरहेको छ । जिल्लाकै गौरवको आयोजना मानिएको सभाहल निर्माण पुरा नहुँदा बेवारिसे बनेको हो । सभाहलमा बिहानदेखि नै लागूऔषध प्रयोगकर्ताहरूको चहलपहल सुरू हुन्छ । 

त्यसमध्ये अधिकांश विद्यालयस्तरमा पढ्ने विद्यार्थी हुने गरेको स्थानीयको भनाइ छ । तत्कालीन शान्ति तथा पुननिर्माण मन्त्रालयले जिविस, जिल्ला प्राविधिक कार्यालयमार्फत आर्थिक वर्ष २०७१-०७२ मा आयोजना सम्झौता गरी निर्माण थालिएको थियो । सम्झौताअनुसार ६ भदौ ०७४ मै सभाहल हस्तान्तरण भैसक्नु पर्ने हो ।

भवन निर्माणमा कसैको ध्यान नजाँदा लागूऔषध दुर्व्यसनीको अखडा बनेको पत्रकार महासंंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही बताउँछन् । विद्यालय पोसाकमै बालबालिकाले लागूपदार्थ सेवन गर्दा पनि रोक्ने कोही नहुने उनको भनाइ छ । 

यसअघि जिल्ला प्रहरी जुम्लाले केही युवालाई नियन्त्रणमा लिएर सोधपुछ गरी अभिभावको जिम्मा लगाएको थियो ।  दुईजनालाई त प्रहरीले केही दिनअघि  पक्राउ समेत गरेको जनाएको छ । सभाहल निर्माण नसकिए पनि यहाँका अन्य भौतिक संरचना भने भत्किन समेत थालेका छन् ।  लामो समयदेखि सभाहल अलपत्र भए पनि जनप्रतिनिधि र कर्मचारीले निर्माण गर्न पहल गरेका छैनन् ।

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । एउटा जिल्ला समन्वय समिति छ । नगर र गाउँपालिका प्रमुख विकास निर्माणमा लगिरहेको बताइरहेका छन् । ०७४ सालमा निर्वाचित समन्वय समितिका प्रमुख लालबहादुर सार्की र उपप्रमुख कार्मा बुढाले अलपत्र सभाहल निर्माण हुन्छ र पहल गरेका छौँ भनेको पनि वर्षौ बितिसक्यो । उनीहरूको पदावधि सकियो तर अलपत्र सभाहल उस्तै छ ।

३० वैशाख ०७९ मा दोस्रोपटक पनि स्थानीय तहको निर्वाचित भएको छ । निर्वाचित भएका जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्य र उपप्रमुख जनक थकालीले पनि सभाहल निर्माण गर्न प्रतिबद्धता जनाएका छन् । तर अहिलेसम्म ५८ प्रतिशत मात्र काम सकिएको छ । ६ करोड १९ लाख ४९ हजार ६०६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता रकममध्ये तीन करोड ५९ लाख २५६ रुपैयाँ खर्च भइसकेको छ । उक्त भवनको निर्माण जिम्मा आशिष र थेगिम जेभी धनगढीले लिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १ : २१ बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका