अलपत्र बहुउद्देश्यीय सभाहल लागूऔषध सेवनकर्ताको अखडा  « Khabarhub

अलपत्र बहुउद्देश्यीय सभाहल लागूऔषध सेवनकर्ताको अखडा 


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला सदरमुकाममा रहेको निर्माणाधीन बहुउद्देश्यीय सभाहल लागूऔषध सेवनकर्ताको अखडा बनिरहेको छ । जिल्लाकै गौरवको आयोजना मानिएको सभाहल निर्माण पुरा नहुँदा बेवारिसे बनेको हो । सभाहलमा बिहानदेखि नै लागूऔषध प्रयोगकर्ताहरूको चहलपहल सुरू हुन्छ । 

त्यसमध्ये अधिकांश विद्यालयस्तरमा पढ्ने विद्यार्थी हुने गरेको स्थानीयको भनाइ छ । तत्कालीन शान्ति तथा पुननिर्माण मन्त्रालयले जिविस, जिल्ला प्राविधिक कार्यालयमार्फत आर्थिक वर्ष २०७१-०७२ मा आयोजना सम्झौता गरी निर्माण थालिएको थियो । सम्झौताअनुसार ६ भदौ ०७४ मै सभाहल हस्तान्तरण भैसक्नु पर्ने हो ।

भवन निर्माणमा कसैको ध्यान नजाँदा लागूऔषध दुर्व्यसनीको अखडा बनेको पत्रकार महासंंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही बताउँछन् । विद्यालय पोसाकमै बालबालिकाले लागूपदार्थ सेवन गर्दा पनि रोक्ने कोही नहुने उनको भनाइ छ । 

यसअघि जिल्ला प्रहरी जुम्लाले केही युवालाई नियन्त्रणमा लिएर सोधपुछ गरी अभिभावको जिम्मा लगाएको थियो ।  दुईजनालाई त प्रहरीले केही दिनअघि  पक्राउ समेत गरेको जनाएको छ । सभाहल निर्माण नसकिए पनि यहाँका अन्य भौतिक संरचना भने भत्किन समेत थालेका छन् ।  लामो समयदेखि सभाहल अलपत्र भए पनि जनप्रतिनिधि र कर्मचारीले निर्माण गर्न पहल गरेका छैनन् ।

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । एउटा जिल्ला समन्वय समिति छ । नगर र गाउँपालिका प्रमुख विकास निर्माणमा लगिरहेको बताइरहेका छन् । ०७४ सालमा निर्वाचित समन्वय समितिका प्रमुख लालबहादुर सार्की र उपप्रमुख कार्मा बुढाले अलपत्र सभाहल निर्माण हुन्छ र पहल गरेका छौँ भनेको पनि वर्षौ बितिसक्यो । उनीहरूको पदावधि सकियो तर अलपत्र सभाहल उस्तै छ ।

३० वैशाख ०७९ मा दोस्रोपटक पनि स्थानीय तहको निर्वाचित भएको छ । निर्वाचित भएका जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्य र उपप्रमुख जनक थकालीले पनि सभाहल निर्माण गर्न प्रतिबद्धता जनाएका छन् । तर अहिलेसम्म ५८ प्रतिशत मात्र काम सकिएको छ । ६ करोड १९ लाख ४९ हजार ६०६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता रकममध्ये तीन करोड ५९ लाख २५६ रुपैयाँ खर्च भइसकेको छ । उक्त भवनको निर्माण जिम्मा आशिष र थेगिम जेभी धनगढीले लिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १ : २१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ