नरहरिनाथका बासिन्दालाई कुटानी-पिसानी गर्न घट्टकै भर « Khabarhub

नरहरिनाथका बासिन्दालाई कुटानी-पिसानी गर्न घट्टकै भर


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोट नरहरिनाथ गाउँपालिकाका बासिन्दा कुटानी-पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन्  । रहगाड खोलामा परम्परागत पानी घट्ट रहेका छन् । विद्युत्को सुविधा नभएको  गाउँपालिकामा कुटानी-पिसानीका लागि आधुनिक मिल अहिलेसम्म छैन ।  

नरहरिनाथ-८ खुलालुदेखि वडा नं ९ लालु, ५ को रुप्सा र ७ को उच्छवसम्म पानी घट्ट  छन् । नरहरिनाथ-९ लालुमा स्थित श्री जनप्रभात माविका सहायक प्रधानाध्यापक मीनबहादुर रावलले भने, ‘खुलालुदेखि लालु, माल्कोट र रुप्सासम्म रहेको रहगाड खोलामा पराम्परागत पानी घट्ट रहेका छन् ।’

आधुनिक मिल नहुँदा गहुँ, कोदो, मकै पीठो बनाउनका लागि पराम्परागत पानी घट्टको प्रयोग हुँदै आएका कारणले एउटै खोलामा धेरै पानी घट्ट भएको नरहरिनाथ-१ कोटबाडाका स्थानीय कटबहादुर विष्टले बताए । ‘नरहरिनाथ गाउँपालिकामा पाँचवटा गाउँ रहेका छन् । लालु, माल्कोट, रुप्सा, कोटवाडा र कुमालगाउँ यहाँका सबैले कुटानी-पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन् । उनले भने, “त्यसैले रहगाड खोलामा धेरै पानी घट्ट रहेका हुन् ।’

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनगणनाअनुसार नरहरिनाथ गाउँपालिकामा पारिवारिक घरधुरीको सङ्ख्या चार हजार चार सय २२ रहेको र जनसङ्ख्या २२ हजार चार सय १४ जना रहेकामा सबैले पानी घट्टमा नै कुटानी-पिसानी गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले जानकारी दिए । ‘गाउँपालिकाभरि कुटानी- पिसानीका लागि आधुनिक मिल छैन ।’ उनले भने , ‘गाउँपालिकाका सबै जनाले पानी घट्टमा नै कुटानी-पिसानी गरेको पीठो खानुहुन्छ ।’

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १ : २६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५