रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य माओवादी केन्द्रमा फर्किए « Khabarhub

रोल्पा (२) का स्वतन्त्र प्रदेशसभा सदस्य माओवादी केन्द्रमा फर्किए


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रोल्पा प्रदेशसभा (२) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन मगर नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उनी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बनेका थिए । 

उनी लुम्बिनी प्रदेशसभामा भारी मतले विजयी भएका थिए । मगरले पार्टी छाडेकामा आत्मआलोचित हुँदै पुनःमाओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएका छन् । पार्टी छाडेर निर्वाचनमा उम्मेदवार बनेपछि उनलाई माओवादीले निष्कासन गरेको थियो ।

मगरलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रोल्पाका प्रतिनिधिसभा सदस्य एवम् माओवादी नेता वर्षमान पुनले पार्टीमा स्वागत गरे।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ३ : ३३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५