सुदूरपश्चिमका सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता « Khabarhub

सुदूरपश्चिमका सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारत, चीनलगायत छिमेकीमुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिइरहेकोप्रति सतर्कता अपनाउँदै यहाँ भारतबाट स्वदेश फर्किने नेपाली नागरिकको नियमित नाकामा परीक्षण हुने गरेको स्वास्थ्य निर्देशनालयका महामारी समर्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

‘छिमेकी मुलुकमा नयाँ खालको भेरियन्ट फैलिएसँगै हामीले पनि सङ्क्रमण जाँचलाई सीमानाकामा तीव्र गतिमा हेरिरहेका छौँ’, जोशीले भने, ‘नयाँ भेरियन्ट फैलिन सक्नेप्रति सबै सचेत हुनुपर्छ ।’ उनले कैलालीको त्रिनगर भन्सार र खक्रौला नाकाका साथै कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा कोरोना परीक्षण हुने गरेको बताए । ‘सबै नाकामा दक्ष स्वास्थ्यकर्मीको टोली परीक्षणमा कोरोनाको पहिलो कहरबाटै खटिएको छ’, उनले भने, ‘नयाँ सङ्क्रमण आउनसक्ने विषयमा प्रदेश सरकार पनि सर्तकता र महामारी न्यूनीकरणका लागि काम अघि बढाइरहेको छ ।’

मुलुकमै कोरोना खोप अभाव रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि खोप अभाव रहेको छ । ‘बुष्टर डोज ६-६ महिनामा लगाउनुपर्छ’, जोशीले भने, ‘पछिल्लो समय नयाँ खरिद प्रक्रियामा खोप रहेकाले सबैतिर अभाव रहे पनि चाँडै आउनेछ ।’

त्यसैगरी कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा महामारीका बेला आश्रय दिन होल्डिङ सेन्टरसमेत तयारी अवस्थामा राखिएका छन् । ‘खोप आउनासाथ पुनः खोप अभियान सञ्चालन हुन्छ’, उनले भने, ‘त्यसका साथै नागरिक पनि महामारीबाट बच्न स्वयम् पनि सचेत हुनुपर्छ ।’

कोरोना सङ्क्रमणबाट सुदूरपश्चिममा हालसम्म छ सय ३५ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । यहाँ छ लाख १९ हजार तीन सय ७३ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो समय यहाँ कोरोना सङ्क्रमण देखिएको छैन ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : ४२ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२